से’क्स प्रस्ताव कसरी राख्ने ?, पार्टनरलाई यसरी पगाल्नुहोस्….


से’क्स, एउटा अनुभूति, एउटा क्रिया । एउटा विज्ञान । यसलाई सही ढंगले बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने यो बरदान बन्छ । तर, से’क्सलाई सही किसिमले ग्रहण नगर्दा यसले नै कैयन जिन्दगी बर्बाद समेत गरेको हुन्छ । मनोविज्ञ भन्छन– से’क्सले मानिसका आम व्यवहारलाई निर्देशित गरेको हुन्छ । अर्थात् यौ’नक्रियासँग जोडिएका हर्मोनहरुले मानिसका अन्य संवेदना समेत प्रभावित गर्दछ ।

उदाहरणका लागि, लामो समयसम्म यौ’नसम्बन्धमा सक्रिय नहुने जोडी मानसिकरुपमा तनावमा या चिडचिडापन हुने, या झर्किने या भनौं अरुसँग कुरा नमिल्ने खालको हुन्छन । से’क्सको यो मनोविज्ञानलाई सही अर्थमा बुझ्न सकियो भने जीवन सुखमय बन्छ ।

कसरी बुझ्ने ?
से’क्सलाई एउटा कलाका रुपमा बुझ्नुपर्छ । तपाई से’क्सको निर्देशक हो । तपाई यसको मुख्य कलाकार पनि हो । तपाईले कलाकारलाई कस्तो किसिमले अभिनय गराउन सक्नहुन्छ त्यो तपाईको कौशलता हो ।

से’क्सलाई कलाको रुपमा बुझेमात्रै यसमा सिर्जनात्मकता आउँछ । यो सिर्जनशील बन्छ । यो यान्त्रिक बने समस्या आउँछ । एउटा चलचित्र जस्तै से’क्समा पनि उतारचढाव र क्लाइमेक्सको चरण आउँछ । क्लाइमेक्समा फिल्म पुर्याउन जति कोशिस निर्देशकले गर्छ, त्यही काम तपाईले से’क्समा गर्नुपर्छ ।

के हो यो क्रिया ?
सबैभन्दा ठूलो कुरा तपाईले वातावरण बुझ्नु हो । पार्टनरले के खोजेको छ भन्ने कुरा बुझ्न सक्नु भयो भने तपाईको से’क्स आनन्द करिब करिब आधा पुरा भयो । किनभने से’क्स दुईजना बीचको मानसिक र शारीरिक अन्तक्र्रिया हो । यो अन्तक्र्रियामा तपाईले एकातिर मनको सन्तुष्टि पाउनुहुन्छ अर्कोतर्फ जैविकरुपमा तपाई सन्तुष्ट बन्नुहुन्छ ।

कसरी बुझ्ने त ?

यसका लागि तपाईले आफूलाई बिर्सिनुस् । तपाईले के चाहनुहुन्छ बिर्सिनुस । आफ्नो जीवन साथी या पार्टनर कुन मनस्थितिमा छ, उसले के खोजेको छ ? उसलाई अहिलेको सम्बन्ध कस्तो लाग्न सक्छ ? यदि पार्टनर श्रीमती या श्रीमान छैन भने झन बढी यो कुरा बुझ्नु पर्ने हुन्छ । यो कुरा तपाईले बुझ्नु भयो भने सोही अनुरुप पार्टनरसँग व्यवहार गर्नुस ।

रतिक्रियाको आरम्भ
पहिलो चरण मनोविज्ञानको बुझाई हो । मनोविज्ञान बुझेपछि तपाईले रतिक्रियालाई नाटकीयरुपमा अगाडि बढाउनुपर्छ । जस्तो तपाईलाई से’क्स गर्न मन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ ।

जे होस, तपाईले परिस्थितिलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौ’न भनेको लाजको विषय हो नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन । यो अवस्था भनेको नशाको अवस्था हो । तपाईको मुख्य काम भनेकै पार्टनरलाई नशाको अवस्थामा पुर्याउनु हो।