श्रीमान भनेर दिनमा २ पटक दिएँ, तर उ ६ पटकसम्म चाहान्छ –अब सँगै बस्न सक्दिँन् !


काठमाडौं । आफनो र परिवारको भविष्यका लागि जापान गएकी भावना तामाङले एक दर्दनाक पीडा भोग्नु परेको छ ।उनी जापान गएर पिआर प्राप्त गरेकी नेपाली चेली हुन । भावनाको इमान्दारी र लगनशीलता देखेर एक जापानी नागरिकले विवाह समेत गरेका थिए ।

सन २००६ मा अदालती विवाह गरेर उनी जापान गएकी थिइन् । तर बिहे गरेको २ वर्षभित्र उनका श्रीमानको निधन भयो । उनका अनुसार जापानमा उनकी सासुआमा अहिले पनि जिवित छिन् । सासुले छोराको सम्पति लैजाउ भनेर अनुरोध गर्दा पनि उनले ल्याउन नमानेर नेपाल फर्केकी थिइन् ।

करिब १६ देखि १७ वर्ष कडा दु:ख गरेर उनले काठमाडौंको बौद्ध र थलिमा २ वटा घर बनाउनुका साथैं जग्गा खरिद गर्न सफल भइन् । पहिलो श्रीमानको मृत्युपछि करिब ९ वर्ष उनले एक्लै दु:ख, कष्ट गर्दै जीवन बिताउनुपर्यो ।

उनी जापानमै व्यापार व्यवसाय गर्थिन् । उनी जापान बसे पनि गरिब दु:खीलाई सेवा गर्न कहिल्लै पछि परिनन् । यसबीच उनको भेट मलेसियामा बसेर समाजसेवा गर्दै आएका फुर्वा तामाङसँग भयो । सामाजिक सञ्जालमार्फत भेट भए पश्चात दिनकै कुरा हुन थाल्यो ।

नेपाल कहिले जाने भनेर भावना तामाङलाई तामाङ सोधिरहेका हुन्थे । भावना नेपाल आउनु भन्दा केही समय अगाडि नेपाल आएका फुर्वा भावनालाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्न भ्याएका थिए । नेपाल आएपछि उनीहरु सँगै कफी पिउँदै माया प्रेमका कुराहरु गर्न थाले ।

सोही क्रममा भावनाले जापानिज श्रीमानको मृत्यु भएका कारण नेपाल आएको कुरा बताइन् । केही समयपछि भावनालाई मोटरसाइकलमा लिएर फुर्वाले अनामनगर अधिवक्ताकोमा पुर्याए ।

२०७७ फागुन १७ गते काठमाडौं जिल्ला अदालतमा कुनै पनि प्रकारको अशं नलिने भनेर डिभार्स भयो । त्यसपछि उनीहरु फुर्वाकै मोटरसाइकलमा चढेर नयाँबानेश्वरको एक क्याफेमा कफी खान पुगे ।

सोही क्याफेमा कफी खाने क्रममा फुर्वाले भावनालाई विवाहको प्रस्ताव राखे । जवाफमा भावनाले हामी असल साथी हुन सक्छौँ, विवाह मेरो कर्ममा छैन भन्दै अस्विकार गरिन् । तर पछि आफ्नो आमालाई राखेर फुर्वाले भावनालाई विवाहका लागि तयार गरेका थिए ।

२०७८ बैशाख २४ मा काठमाडौंको मुलपानीस्थित ‘हेवन’ मा विवाह गर्ने कुरामा सहमति जुर्यो । तर कोरोना महामारीका कारण २ महिनापछि सामान्य विधिबाट विवाह गरेर उनीहरु एकसाथ बस्न थालेका थिए । यहाँसम्म सबै कुरा लगभग राम्रो थियो ।

विवाहपछि भावनाको जीवनमा नयाँ मोड आयो । विवाहपछि फुर्वाले आफनो लिङ्गमा ३ वटा गुच्छा आकारको औषधि जडान गरेर इच्छाविपरित दिनमा ५ देखि ६ पटकसम्म यौनसम्पर्क राख्न थाले ।

आफ्नै श्रीमान हो भनेर दिनको २ पटक यौनसम्पर्क गर्न दिएको भावनाले जानकारी गराइन् । तर त्युपछि उनका श्रीमानले थप पटक जरबजस्ती गर्ने गरेको उनको आरोप छ । फुर्वालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।