श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो ।
अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।
तर, पाल्पाकी लिला खनगाहा मगर अहिले मर्न न बाच्नु भएर जिउनु परेको गुनाशो गर्छिन किनकि उनी आफनो मूल मान्छे अथवा श्रीमाननै यस्तो अवस्थामा भएसी एकाएक उनको जिन्दगी नसोचेको मोड तर्फ लम्किएको छ अहिले ।

करिब ६ बर्ष अगाडिबाट मुखको क्यान्सर भएर श्रीमानको यस्तो अवस्था हुदा उनी अहिले के गर्ने के नगर्ने भन्ने सोचमानै अल्लमल्ल छिन। कमाएको केही पैसा पनि उनकै उपचारमा सकियो सम्पतिको नाममा जोडेको एउटा घडेरी पनि बेचेर सकिएपछि उनी आफै रनभुल्ल भएकी छिन ।
श्रीमान सन्तोष खनगाहालाई केही गरेर बचाउन सकिन्छ कि भनेर अहिले उपायनै नलागेपछि मिडियामा आउन बाध्य भएकी छिन । २ छोरा छन उनीहरुले पढिरहेका छन तर अब कसरी पढाउने खर्च जुटाउने भनेर उनलाई झन पछि झन गाह्रो भइरहेको बताउछन् ।