महोत्तरीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका- ५ सहोडवानिवासी २१ वर्षीय विमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी उनलाई असोज २० गते जनकपुरस्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा बिरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा. सरोज ठाकुरले जानकारी दिए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****