सुखी बैवाहिक जिवनको पछाडि धेरै कारण हुन सक्छ । कहिलेकाही मनमुटाव भई झगडा हुनु, सम्बन्धमा उतारचढाव आउनु सामान्य हो । बैवाहिक सम्बन्ध खुशी, सुखी र स्वस्थ बनाइ राख्नका लागि केही कुरामा सचेत हुनु आवश्यक छ ।
बैवाहिक सम्बन्ध बिग्रनुमा धेरै कारण हुन सक्छ । स–सानो बानीले गर्दा बैवाहिक सम्बन्ध कमजोर बनाइदिन्छ । स–सानो कुरा भनेर हामी त्यति ध्यान दिँदैनौ । यही स–सानो कुरालाई आफ्नो जीवनमा अपनाउन सके तपाईको बैवाहिक जीवन अवष्य पनि खुशी र सुखी बन्नेछ ।
यो सामाग्रीमा श्रीमतीलाई खुशी पार्ने केही टिप्सहरु दिँदैछौ । हरेक व्यक्तिको स्वभाव, ईच्छा र सोच्ने तरिका फरक फरक हुन्छन् । त्यसैले सबै टिप्स सबैका लागि उपयुक्त नहुन पनि सक्छन् । त्यसकारण हरेक श्रीमानले आफ्नो श्रीमतीको सोच, स्वभाव र परिस्थिती अनुसार यी कुराहरु पालना गर्न जरुरी छ ।
१ आफ्नो श्रीमतीलाई माया गरेर बोलाउने ।
२ आफ्नो श्रीमतीलाई अरु केटीहरुसँग तुलना नगर्ने ।
३ श्रीमतीको माइतीको नराम्रो कुरा नगर्ने ।
४ श्रीमतीलाई घरको काममा सघाउने ।
५ बाहिर निस्कँदा कँहा जान लागेको कति समय लाग्छ सबै भनेर निस्कने ।
६ जतिसुकै व्यस्त भए पनि समय निकालेर बेला बेला फोन गर्ने ।
७ खाना खाँदा खानेकुरा मिठो छ भनेर तारिफ गर्न नबिर्सने ।
८ हरेक कुराको अधिकार श्रीमतीलाई पनि दिने । कुनै काम गर्नुअघि दुवैले सल्लाह गरेर मात्र निर्णय लिने ।
९ साथीभाइहरुसँग श्रीमतीको कुरा नकाट्ने र श्रीमतीको कुरा ध्यान दिएर सुन्ने ।
१० श्रीमतीसँग झुठ नबोल्ने ।
११ व्यस्त भएको बेला पनि समय निकालेर बाहिर घुम्न लैजाने वा फिल्म हेर्न जाने ।
१२अफिसको तनाव घरमा नलाने ।
१३ श्रीमतीको साथीहरुलाई सम्मान गर्ने ।
१४ श्रीमतीले मन परेर किनेको सामानलाई नराम्रो नभन्ने ।
१५ बाहिर हिड्न लागेको बेला श्रीमतीको कपडाको टिकाटिप्पणी नगर्ने ।