शौचालयको खाल्डोमा हालेर शिशु हत्या आरोपमा आमासहित दुई पक्राउ !

नोट: फाईल तस्बीर

स्याङ्जा — अस्थायी शौचालयको खाल्डोमा हालेर छ महिनाकी शिशुको ह’त्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन् ।

नाबालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई राति १२ बजे ट्वाइलेटको खाल्डोमा हालेकी रहेछिन्,’ डीएसपी खनालले भने, ‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्डोमा लास भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् ।

घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहीन भएको भन्दै साउन १२ गते ससुरा सूर्यबहादुर रानाले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । उनी सोही दिन पुन: विवाह गरी भागेकी थिइन् ।

लक्ष्मीका श्रीमान् मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखि भारत छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्दै आएको जनाएको छ । नाबालिकाको शव प्रहरीले सूर्यबहादुरलाई नै बुझाएको खनालले बताए । आरोपित दुवै जनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए ।

यो पनि – रबि लामिछाने भन्छन, ‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो !

चितवन, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।

चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ ।

नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’

लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिडने होइन ।’ उपनिर्वाचन नजिकिदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् ।