म २३ वर्षीय युवक हुँ। यौनसम्पर्क अथवा हस्तमैथुन जे गर्दा पनि वीर्य स्खलन भएपछि फेरि लि· उत्तेजना हुँदा लामो समयसम्म लि· दुख्छ। यो के कारणले होला ? मेरो यो समस्या विगत ६ वर्षदेखिको हो ।
लिङ्ग दुख्ने कारण
तपाईंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले लिङ्ग दुख्ने कारणका बारेमा कुरा गरौं। लिङ्ग दुख्ने वा पीडा वा असजिलो हुने अनेक कारण हुन सक्छन्। कतिपय लिङ्गसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् भने कतिपय अन्य समस्याका लक्षणस्वरूप लिङ्गमा पीडा हुन्छ। मूत्रथैलीको पत्थर, लिङ्गमा चोट लाग्नु, कुनै कीराले टोक्नु, लिङ्गको क्यान्सर, Priapism, यौनाङ्गको हर्पिस, छालामा पिलो वा घाउ आउनु,।
अग्रचर्मको संक्रमण वा शोथ, प्रोस्टेट ग्रन्थिको संक्रमण, Peyronies’s disease, Reiter syndrome, Sickle cell anemia, यौनरोग तथा Chlamydia वा Gonorrhea का कारणले मूत्रनलीको शोथ हुनु लिङ्गमा हुने पीडाका कारण हुन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यौनसम्पर्क वा हस्तमैथुन अत्यधिक रूपमा लगातार गरिएको स्थितिमा छाला पाच्छिएर पनि लिङ्ग दुख्छ। त्यसैगरी विषाणुको संक्रमण होस् वा एलर्जी भएर बेस्सरी चिलाएको अवस्थामा पनि लिङ्ग पोल्ने वा दुख्ने हुन्छ। छालाका अन्य केही समस्यामा पनि त्यस्तो पीडा हुन सक्छ। लिङ्गको अग्रचर्म साँगुरो भएको स्थितिमा उक्त छालालाई बेस्सरी पछाडि फर्काउन खोज्दा वा धेरै बेर लिङ्ग उत्तेजित हुँदा पनि पीडा अनुभव हुन्छ।
माथि भनिएका कारणमध्ये कतिपय समस्या तपाईंलाई नभएको निश्चितताका साथ भन्न सकिए पनि तपाइर्ंले लिङ्ग दुखाइको प्रकृतिका बारेमा सीमित जानकारी दिनुभएको हुनाले कतिपय समस्याका बारेमा यसै भन्न सकिने स्थिति छैन। फेरि परीक्षण नगरी तपाईंलाई यही समस्या भएको हो भनेर ठोकुवा गर्नु बुद्धिमानी हुँदैन। त्यसैले समस्याको निदान गर्न र त्यसैअनुसार उपचार गर्न विशेषज्ञ चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ।
चरमसुखपछि लि·मा किन पीडा हुन्छ ?
यौनसम्पर्कबाट प्राप्त सुख अन्य सुखको तुलनामा अतुलनीय हुन्छ। यसैकारणले पनि यौन क्रियाकलापबाट प्राप्त हुने सुखलाई यौन चरमसुख भनिन्छ। यौन चरमसुख प्राप्तिपछि समान्यतः हामी विश्रान्तिको चरणमा जान्छौं र यौन क्रियाकलापका दौरान भएको परिवर्तन फेरि पुरानै अवस्थामा आउँछ। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
सामान्यतः यी सबै अनुभूति सुखदायी हुन्छन्, तर केही परिस्थितीमा यी कुरा केही फरक हुन सक्छन् र यौन चरमसुखपछिको समयमा पीडा अनुभव हुन्छ। यस्ता परिस्थिति विरलै हुने भएकाले अझै पनि धेरै तथ्य बाहिर आउन बाँकी नै छ। यस्तो समस्या गराउन सक्ने केही परिस्थितिका बारेमा चर्चा गरौं । प्रोस्टेट ग्रन्थिको शोथ चरमसुख पछि लिङ्गमा पीडा हुने प्रमुख कारण हो। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएको स्थितिमा यसै हो भन्ने स्थिति अझै पनि छैन।
चाँडो-चाँडो पिसाब लाग्ने, पिसाब गर्दा वा वीर्य स्खलनपछि पोल्ने, लिङ्गको टुप्पा पोल्ने, लिङ्ग उत्तेजनामा केही कठिनाइ हुने, लिङ्ग, अण्डकोष दुख्ने अनि तल्लो पेट, तल्लो ढाड अनि दिसा गर्ने स्थान, अण्डकोषको पछिल्तिरको भागमा असजिलो हुने जस्ता लक्षण देखिन्छन् ।संक्रमणले भएको प्रोस्टेट ग्रन्थिको शोथ जीवाणुले गराउने भएकाले एन्टिबायोटिक औषधी प्रयोग गर्नुपर्छ।
विशेष गरेर यसको उपचारका लागि लामो समय अर्थात् ४ हप्तासम्म लाग्न सक्छ। यस्तो संक्रमणमा प्रोस्टेटबाट आएको रसको परीक्षण गर्दा एगक अभिि तथा जीवाणु भेटिन्छन्, तर अर्को थरीको प्रोस्टेट ग्रन्थिको शोथमा एगक अभिि वा जीवाणु भेटिँदैनन्, तर लक्षण भने देखिन्छन्। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
औषधीको प्रयोगको साथसाथै तातो पानीमा कटिस्नान -यौनाङ्ग क्षेत्र, कटि प्रदेश कम्मरको पानीमा डुबाएर बस्ने) गरे फाइदा हुनसक्छ। मूत्रनलीको शोथ पनि यसको प्रमुख कारण हो। यो जीवाणु वा विषाणुका कारणले हुन्छ। माथी भनिएजस्तै यी केही यौनरोगका संक्रमणका कारणले भएको पनि हुनसक्छ। मूत्रनलीको शोथ हुँदा वीर्य स्खलनपछि वा अन्य बेलामा पिसाब फेर्दा पोल्ने पनि हुन सक्छ। जीवाणुले त्यस्तो गराएको स्थितिमा प्रविजैविकी औषधी प्रयोग गर्नुपर्ने हुन्छ।
अण्डकोषको शोथ हुँदा पनि त्यस्तो हुन सक्छ। अण्डकोषमा पीडा हुन सक्छ। यस्तो प्रायःजसो यौनरोग वा अन्य संक्रमण त्यहाँसम्म फैलिएका कारणले पनि हुन सक्छ। त्यसैगरी इपिडिडाइमिसको शोथ हुँदा पनि यस्तो समस्या हुन्छ। यस्तो हुँदा अण्डकोष थैली तातो, पीडायुक्त तथा सुन्निएको हुन सक्छ।
समाधान
प्रोस्टेट ग्रन्थिको समस्यासँग सम्बन्धित हुन सक्ने भएकाले त्यस्तो छ-छैन पक्का गर्नु बेस होला। कतिपय स्थितिमा पहिलेको वीर्य मूत्रनलीमा बाँकी रहेको अवस्थामा पनि लिङ्गमा पीडा अनुभव हुन्छ। त्यसैले एकपटक मूत्ररोग विशेषज्ञसँग परामर्श गरी त्यसै अनुसार उपचार गराउनु बेस होला।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****