वडाध्यक्षले गाउँ कै युवतिलाई ग,र्भवति बनाएपछि !


बागलुङको जैमिनी नगरपालिकाका एक जनप्रतिनिधिले अवैध सम्बन्धबाट एक युवतिलाई ग,र्भवति बनाएको खुलेकोे छ । जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुँथन्थापका वडाध्यक्ष सन्दीप थापा ‘ईन्द्र’ले अ,वैध सम्बन्धबाट एक युवतीलाई ग,र्भवति बनाएका हुन । थापा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।

स्थानीयका अनुसार सन्दीपको परिवारमा हाल पत्नी गीता, तीन छोरी र एक छोरा रहेका छन् । श्रीमती गीता सहित उनका अन्य दुई श्रीमतीहरु समेत रहेको खुलेको छ । तीन श्रीमतीमध्य दुई जनाले उनलाई छाडिसकेका छन्, गीता अहिले उनीसंगै रहेको भए पनि बाँकी अर्की एक युवतीसंग पनि अ,वैध सम्बन्ध भएको खुलेको हो ।

ताराखोला गाउँपालिकाकी २५ वर्षीय एक युवतीसंग आफुले अ,नौतिक सम्बन्ध रहेको उनले स्विकार गरिसकेका छन् । उक्त महिला हाल ग,र्भवती भएको समेत खुलेको छ । आफू अविवाहित रहेको भन्दै ती महिलासंग थापाले अ,नैतिक सम्बन्ध राखेको श्रोतले जानकारी दिएको छ । यसअघि ती महिलाले दुई पटक ग,र्भ,पतन गरिसकेकी थिईन ।

तेस्रो पटक ग,र्भपतनका लागि अस्पताल जाँदा डाक्टरले तेस्रो पटक ग,र्भ,पतन गर्दा जोखिम हुने भनेपछि उनले विवाह गर्ने आश्वासन दिएका थिए । श्रोतका अनुसार अस्पतालले ती युवती सु,त्केरी हुने समय भदौको पहिलो हप्तालाई दिन तोकेको छ ।

युवतीकी दिदी हाल वैदेशिक रोजगारीका लागि जापान छिन् । ती युवतीकी दिदी बैदेशिक रोजगारीमा गएकाले दिदिका छोरा–छोरीसंगै लिएर पढाउनको लागि बागलुङ सदरमुकाम बसेकी थिईन् ।

दिदीका छोरा–छोरी पढाउदैँ सदरमुकामको एक उद्योगमा उनले काम गर्ने गरेकी थिईन । काम गर्दै जाँदा उनको र थापाको सम्बन्ध नजिएको थियो । थापाले माईती पक्षलाई विवाह स्वीकार गर्नका लागि समेत दबाब दिएका छन् ।

थापाको प्रभावमा परेर ती युवती खुल्न नचाहेको परिवार श्रोतको भनाई छ । अहिले ती युवती डेरामा समेत नरहेको र अधिकारकर्मीहरुसंग समेत खुल्न आएकी छैनन् । थापाले गीतासंग सम्बन्ध विच्छेद गरेर ती युवतीलाई भित्राउनेसम्मको आश्वासन दिएको बुझिएको छ ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले यस विषयमा पत्रकारले प्रश्न गरेपछि मात्र जानकारी पाएको बताए । हालसम्म पालिकामा उजुरी समेत नपरेको उनले बताए ।

‘यस विषयमा हालसम्म नगरपालिकामा कुनै किसिमको उजुर परेको छैन ।’ प्रमुख पुनले भने ‘उजुरी परेपछि हाम्रो क्षेत्राधिकार भित्र के–के पर्छ र के कसरी अनुसन्धान गर्न सकिन्छ, अधिकार भित्रै रहेर अनुसन्धान र कारबाही गछौँ ।’ मुलकी अपराध संहिता २०७४ ले बहुविवाहलाई गैरकानुनी भनेको छ । मुलुकी अपराध संहिता १७५ ९४० अनुसार दुईवटा श्रीमति राख्न पाईदैन ।

अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानी जानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने, यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था हुने स्पष्ट व्यवस्था गरेको छ । नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले यो घटना संस्थागत नभई व्यक्तीगत भएको बताए । उत्तरगंगा डटकमबाट साभार