काठमाडौं । खानाको स्वादसम्बन्धी रुचि सबैको अलगअलग हुन सक्छ । कसैलाई धेरै पीरो र मसालायुक्त खाना मन पर्छ भने कसैको मुखमा थोरैमात्र पीरो पर्नाले पनि आँखाबाट पानी र कानबाट धुवाँ निस्किन थाल्छ । तर, एक नयाँ सर्वेक्षणले पीरो मन पराउने र नपराउनेको सम्बन्ध यौ’न जीवनसँग रहेको देखाएको छ ।
सर्वेक्षणका अनुसार स्पाइसी लभर अर्थात् पीरो खान मन पराउने व्यक्तिले बेडरुममा आफ्नो यौन जीवन पनि स्पाइसी र रो’माञ्चक बनाउने देखिएको छ । जो पीरो बढी मन पराउँछन्, अन्य मानिसको तुलनामा उनीहरुले बढी यौ’न स’म्पर्क राख्ने वानरोलले गरेको एक सर्वेक्षणको नतिजाले इंगित गर्छ ।
यो सर्वेक्षणमा २ हजार व्यक्ति सहभागी थिए । उनीहरुलाई जीवनशैली, व्यक्तित्व र खानपानसम्बन्धी प्रश्न सोधिएको थियो । उनीहरुले स्पाइसी अर्थात् पीरो खानाको लागि १ देखि ४ को बीचमा रेटिङ पनि दिनुपर्ने थियो । १ को अर्थ पीरो अलिकति पनि मन नपराउने र ४ को अर्थ पीरो धेरै मन पराउने थियो ।
सर्वेक्षणमा जसले खानामा स्वाद बढाउन हट सस र खुर्सानी मिसाउँछन्, तिनले महिनामा ५.३ पटक यौ’न सम्पर्क राख्ने पाइयो भने पीरो पटक्कै मन नपराउनेले महिनामा ३.२ पटक यौ’न सम्पर्क राख्ने पाइयो । अर्थात् पीरो मन पराउनेले बढी यौन सम्पर्क राख्न रुचाउने सर्वेक्षणको नतिजा थियो ।
धेरै पीरो खानेको सम्बन्ध केवल बेडरुमको क्रियाकलापमा मात्र सीमित नभएर उनीहरुलाई अनौठो क्रियाकलाप गर्न मन पर्ने पनि देखियो । पीरो मन पराउनेहरु पीरो मन नपराउनेको तुलनामा बढी भ्रमण गर्ने, धेरै खुसी रहने, धेरै सामाजिक हुने र जीवनमा बढी सक्रिय रहेको उक्त अध्ययनले देखाएको छ ।
यहाँ पीरो खानेको पक्षमा धेरै सकारात्मक कुरा बताइएको हुन सक्छ । तथापि, खानामा पीरो बढी प्रयोग गर्नाले स्वास्थ्यमा पर्ने असरबारे भने विशेष ध्यान दिनु जरुरी छ । यदि आवश्यकताभन्दा बढी पीरो र मसालायुक्त खाना खाने हो भने स्वास्थ्यमा यसले ठूलो हा’नि पुर्याउन सक्छ ।