श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झगडा वा म’नमु’टाव हुनु स्वाभाविक हो|
अहिलेको भा’गदौ’ड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।
जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ ।
एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आफ्नो सम्बन्ध बचाउनको लागि बिशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरारको कारण पत्ता लगाउनको लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।
भिडियोमा हेर्नुहोस :