यी युवती सधैं सुत्थिन सर्पसँग बेरिएर, तर अचानक एकदिन…


एजेन्सी । सुन्दा नै डरलाग्ने, सर्पको तस्वीर हेर्दा समेत आङ सिरिङ्ग हुन्छ । तर यी सुन्दरी भने सधैं सुत्ने गर्थिन घरपालुवा सर्पसँग । एनिमल च्यानलमा एस्ले ब्रेवेरले लेखेको समाचार अनुसार, यी युवतीले घरमा नै पाइथन अर्थात् निकै डरलाग्दो र ठूलो सर्प पालेकी थिइन ।

टेलिग्राफमा उल्लेख भए अनुसार, पाइथनसँग सुत्न औधी मन पराउने युवतीले पालेको पाइथनलाई घरमा नै खाना खुवाउने गर्थिन । ठूला जनावरलाई समेत निल्ने पाइथन सर्पले केही दिनदेखि खाना खान छोडेपछि भने उनी चिन्तित बनिन् ।

टाउकोदेखि पाइतालासम्म नाङ्गै पाइथनसँग बेरिएर सुत्ने ती युवतीले पाइथनको व्यवहारमा आएको परिवर्तनबारे भेटेरनरी चिकित्सकसँग सल्लाह गरिन् । भेटेरेनरी चिकित्सक घरमा नै आएर पाइथनको जाँच गर्न थाले । त्यसपछि चिकित्सकले बताएको कुराले भने ती युवतीको सातो पुत्लो गयो ।

बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताए । वास्तवमा पाइथनको खाना खाने व्यवहारमा आएको परिवर्तन ठूलो आहार खानका लागि रहेछ । अर्थात् पाइथनले त उनलाई नै निल्न पो आफूलाई तयार पारेको रहेछ ।

वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो । भेटेनरी डाक्टरले भनिन्, “तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ । तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ ।”

डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।