गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदान जन्मथलो भई हाल अष्टेलियाको मेलवर्नमा बस्दै आएकी वामीकी चेली अन्जना कंडेल पाइलट बन्न सफल भएकी छन् । हालीले यहाँ धेरै जना साहसिक र बिभिन्न पेशा ब्यावसायमा सफल नारीहरुको कथा जिवनीहरु प्रस्तुत गर्दै आईरहेका छौ, आज पनि हामी एक नेपाली चेलीको बारेमा सुनाउन चाहान्छौं ।
२००६ मा अष्ट्रेलियामा बुवा टंक कंडेल तथा आमा लक्ष्मी कंडेलको साथमा अष्ट्रेलिया आएकी उनले यही उच्च शिक्षा लिएर पाइलट बन्न सफल भएकी हुन् । उनले आरएमआईटी यूनिभर्सिटीबाट एभिएसनको डिग्री गर्दैछन् । कुल चार बर्षको अध्ययनको शिलशिलामा उनले दुई बर्ष पूरा गरेकी छन् । यो सँगै उनले अब ट्विनटर विमानहरु उडाउन पाउने उनले जानकारी दिइन् ।
‘मेरो अझै दुई बर्षको पढाई पूरा हुन बाँकी छ’, उनले भनिन्, ‘अहिले ट्विनटर विमानहरु उडाउन अनुमति छ।’ उनका अनुसार हाल उनलाई पर्यवेक्षको उपस्थितीमा उडान भर्न सक्नेछिन् ।
गुल्मीको मुसिकोट नगरपालिका ७ र ८ अर्थात साविकको गाबिसबाट उनी पाइलट बन्न सफल पहिलो व्यक्ति भएको उनका बाबु टंक कंडेलले कनेक्ट नेपालीलाई बताए । उनले भने, ‘नानी वामीमै पहिलो तथा सम्भवत गुल्मीबाट पहिलो पाइलट हुन्, उनको यो पढाई र उपलब्धि हासिलले हामीहरुलाई गर्वको अनूभूत भएको छ ।’
उनको पूरा कोर्स सकिएसँगै कमर्सिलयल अर्थात व्यापारिक उडानहरु भर्न पाउनेछिन् भने केही बर्षको अनुभवपछि अन्तराष्ट्रिय उडानहरु पनि गर्न पाउनेछिन् । ‘डेढ दशकदेखिको संघर्षको क्रममा छोरीको यो सफलताले निकै राम्रो अनूभुति भइरहेको छ’, उनका बाबु कंडेलले भने, ‘सानैबाट उनको पढाइमा राम्रो लगाव थियो, लक्षण राम्रो थियो ।’
उनले वामी मैदान स्थित श्री शारदा विद्या मन्दिर माविमा पहिलो पटक नर्सरी कक्षामा भर्ना भएकी थिइन् । उनले उक्त विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरिन् । सुरुवाती अवस्थामा नै उनको शिक्षाप्रति लगाव राम्रो रहेको श्री शारदा विद्या मन्दिर माविका प्रध्यानाध्यापक ज्ञानहरी सापकोटाले बताए । ‘