काठमाडौं एउटा युट्युव च्यानलमा अन्तर्वार्ता दिने क्रममा अधुरो अंग्रेजी बोलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले अञ्जली अधिकारीको खिसिट्युरी गरे । जवाफमा अञ्जलीले भनिन् ‘म अरु जस्तो बोडिङ स्कुल पढेर आएको हैन । म त सरकारी स्कुल पढेकी चप्पल नलगाई खेत रोपेकी मान्छे । मलाई अंग्रेजी आउदैन । पछिल्लो समय व्यस्त मोडलका रुपमा चिनिने अञ्जली बेला बेलामा चर्चामा आउछिन् ।
युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् ।
अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन भनेर ठोकुवा गरे हुन्छ । अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी शङ्कर बिसी पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।
त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु। बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए अरु सहभागीहरु थाके । तर अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् ।
त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले हुन्छ भन्ने आश्वसन त्यही कार्यक्रम दिएका थिए । कलाकार बन्ने ठुलो समपना बोकेर त्यही अनुरुप एसएलसीपछि भागेर काठमाडौं पुगिन । पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर परिवारमा आमाको मात्र समर्थन थियो । बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो उनी सम्झन्छिन् ।
उनी काठमान्डौ पुगेर बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन् हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो । भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।
बद्री र मिरा गिरीको स्वरमा रहेको खर बारीमा बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् । स्टेज र क्यामेरामा नाच्च फरक रहेछ अन्जली भन्छिन्, आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ । बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो ।
पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले । बोल मायाबाट व्यापकता अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए । अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर धेरैले अस्विकार गरे । त्यसपछि उनले अञ्जलीलाई सम्झिए ।
त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए । उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।गीतमा डुबेर रोएपछि उनलाई लाग्यो म यो गीत गर्न सक्छु ।त्यसपछि उनले प्रकाशलाई फोन गरिन् दाइ म यो भिडियो गर्छु । सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो ।
गाउँका धेरै मान्छे रमिता हेरिरहेका थिए । गीत बज्न थालेपछि सबैको आखाँ रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिनहरु खिचियो । अन्जलीमा गर्न सक्छु सक्दिन भन्ने डर बढ्यो ।सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडेजस्तो भयो । उनले साँच्चीकै रुदै सिन दिइन् जुन भिडियोमा आवश्यक थियो । साँच्चै रोएपनि मिलेको छ वा छैन् भन्ने डर थियो । सुटिङ सकियो सबैको मुहारमा चमक थियो ।
तर अन्जली खुसी हुन सकिरहेकी थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् । अञ्जलीले अभिनय गरेको बोल माया को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर सम्पादनपछि तयार भएको गीत सार्वजनिक कार्यक्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा पर्यो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो ।
आम नेपाली दर्शकहरुको मनमा बस्न सफल भयो त्यसपछि अञ्जलीको लागि कामको ओइरो आउन थाल्यो। बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का मार्यो । अहिले उनलाई परिवारको पनि राम्रो साथ अनि माया रहेको छ । अहिले अञ्जलीले अभिनय गरेको भिडियो छोरीले भन्दा पहिला सामाजिक सञ्जालमा उनका बाबाले खुशी भएर शेयर गरिदिन्छन् ।
गाउँटोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलिएको छ भन्छिन्अञ्जली । त्यसपछि त अन्जलीलाइ पछि फर्किन परेन गलबन्दी गीतले त झनै सिखार्मै पुरायो। केही फरक प्रसंगमा उनले भनेका छन अहिले मेरो प्रेमीका छैन दुखी आत्मा भएको छु । छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र खोजिहाल्छ नि। तर आफू सचेत हुनपर्छ त्यस्तो कुरामा ।
एकपल्ट कार्यक्रममा जाँदाखेरी आयोजकका दाइहरुले बसेर वाइन खाऊ न हुक्का तानौँ न रुमसँग पु¥याइदिउँ रु जस्ता प्रस्ताव गर्न थाल्नुभएको थियो । टचसम्म गर्न खोज्नुभएको थियो । त्यो बेलामा म अझै बच्चै थिएँ । उहाँको नियतमा समस्या देखेपछि तत्कालै शंकर बिसी दाइ लाई फोन लगाएर मलाई यस्तोयस्तो भनिराछ भनेर सुनाएँ । शंकर दाइले फोन देऊ म कुरा गर्छु भन्नुभयो ।
लास्टै झपार्दिनुभएछ। त्यस पछि चुप लाग्यो । त्यसैले म सधैँ भन्छु सहेर बस्नुहुन्न । कि आफैँले प्रतिकार गर्नुपर्छ आफैँ सकिँदैन भने सिनियर दाइहरुलाई तत्कालै सुनाएर भए पनि एक्सन लिनुपर्छ । अनलाईन खबरको सहयोगमा बिभिन्न अनलाईनमा प्रकाशित भएको