यही कहालीलाग्दाे भिरमा यही तस्बिर खिच्दै थिइन् तर एक्कासी ‘खसेर गयाे ज्यान’ [भिडियाेसहित]


पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा खसेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा ल डेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार खातुनलाई अ चेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । उनकाे घर भारतकाे बिहारमा हाे र उनी केही समयअघि मात्रै बागलुङमा ब्यापर गरिरहेका बाबु आामा भेट्न आएकी थिइन् ।