म तड्पिरहन्छु श्रीमानपनि ट्राई गर्नुहुन्छ तर लिं’ग दर्‍हो (कडा) नै हुँदैन ?


तपाईले लिं’ग दर्‍हो नहुने कुराबाहेक अन्य केही जानकारी दिनुभएको छैन । न उमेरका बारेमा कुरा गर्नुभएको छ, न तपाईंले यौ’नसम्पर्क राख्दै आएकी महिलासँग तपाईंको सम्बन्ध के हो उल्लेख गर्नुभएको छ । पहिलेदेखि नै यस्तो थियो र सधंै नै यस्तो हुन्छ कि ? यदि यी जानकारी दिनुभएको भए तपार्इंको विशिष्ट परिस्थितिअनुसार जवाफ दिन सकिन्थ्यो, तर जे भए पनि तपाईंको जस्तै समस्यालाई केन्द्रित गरी केही चर्चा गरौं ।

लिं’ग कसरी उत्तेजित हुन्छ ? : हामीले इन्द्रियहरूबाट सन्देश ग्रहण गर्छौं । त्यो मस्तिष्कसम्म पुग्छ र चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुरा पनि यसैगरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छ । विभिन्न अंग (स्रोत) बाट, सन्देशहरू स्नायुप्रणालीका नसाबाट, विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ ।

व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुन सक्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिंगका धमनीबाट बढी मात्रामा रगत लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिंग कडा, मोटो तथा लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं ।

लिंग किन उत्तेजित नभएको होला ? : चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभै यौनसम्पर्क राम्रोसँग राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समयमा गरेकै हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा कायम राख्न नसकिने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ ।

राम्रोसँग लिंग उत्तेजित नहुने कारण शारीरीक तथा मानसिक दुवै हुन सक्छन् । लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अंग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित गर्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसका कारण हुन सक्छन् । पार्किन्सन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि यस्तो गराउन सक्छ । सार्‍है थकाइ लागेका बेला होस् वा अधिक मादक पदार्थ सेवन गरेकाले होस्, लिंग उत्तेजनामा नकारात्मक असर पारेको हुन सक्छ । यस्तो कुनै प्रसङ्ग उल्लेख नगर्नु भएकाले तपाईंको सन्दर्भमा यस्तो केही भएजस्तो लाग्दैन, तर तपाईं नै यस विषयमा जानकार हुनुहुन्छ, विचार गर्नुहोला कतै यीमध्ये केही भएको त छैन ?

त्यसै गरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनु जस्ता कुरा पनि लिंग उत्तेजित नहुने कारण हुन सक्छन् ।

यो पक्कै हो कि यसरी अनपेक्षित रूपमा लिंगको उत्तेजना नहुँदा त्यसका बारेमा निकै चासो तथा चिन्ता हुन्छ । तपाईंले आफूलाई वा श्रीमतीलाई रोग लागेको होला भन्ने जिज्ञासा राख्नुभएको छ । कतिपय पुरुषमाथि आफ्नो यौन क्षमता प्रदशित गर्नुपर्ने दबाब हुन सक्छ । त्यस्तो भए तपाईंको समस्या अझ चर्को हुनसक्छ । यस्तो स्थितिलाई peformance anxiety भनिन्छ । यहाँ आफ्नो तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ ।

आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ । तपाईंले आफ्नी श्रीमतीसँग कत्तिको कुराकानी गर्नुभएको छ थाहा भएन, तर श्रीमतीसँग लिंग उत्तेजित हुने गरी यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले यसलाई आफ्नै समस्या मानेर समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे समस्या समाधान गर्न नसकिने होला । समस्या कायमै रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । यस क्रममा के कुरा पनि बुझ्नुपर्छ भने–उमेर बढ्दै गएपछि लिंगको उत्तेजनामा कमी आउनु स्वभाविक हो ।

समाधान के होला ? : Peformance anxiety अर्थात् कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ, बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता मै र्‍हास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या सिर्जना हुन थाल्छ । यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधी समेत सेवन गर्नुपर्ने हुन्छ । कतिपयले यस्तो स्थितिमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन् ।

महत्त्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रेमपूर्ण सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई नै रमाइलो राख्न के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यसमा आफ्नी श्रीमती वा यौनसाथीको सहयोग तथा समझदारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । श्रीमती वा यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ ।

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन । केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ ।

पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ । पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।

चरम आनन्द नहुने समस्या : यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।

पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ । यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।

यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।

शीघ्रपतन : किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो । महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ । पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ ।

समागममा दुखाई : समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन् । केहि महिलाहरुलाई यौनाङ्गमा पुरुष लिङ्ग छिरेपछि मांसपेशीको संकुचन भई पिडा अनुभव हुन्छ । यौन अंगमा शारिरीक हिसावले गड्बडी हुँदैन तर सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ । यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ ।

पुरुषहरुमा देखिने यौन दुर्बलता र समाधानका उपाय : नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग जोडेका हुन्छन् । सोही कारण रोगको उपचार समेत नगराई लुकाएर बस्ने गरेका छन् ।

के हो यौन दुर्बलता ? : समान्यतया, पुरुषहरुको लिङ्गमा कडापन नहुनु, यौन सम्पर्कमा समस्या आउनु तथा यौनइच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ । यौन दुर्बलता देखिनुको प्रमुख कारण मनोबिज्ञान, तनाब, हार्मोनमा कमि र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु आदि हो । त्यसबाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्वलता गराउन मद्धत गर्छ ।

यौन दुर्वलता हुनुका मुख्य कारण के के हुन् ? : यौन दुर्वलताको शिकार हुनुमा धूमपान प्रमुख रुपमा रहन्छ । त्यस्तै मध्यपान, उच्चरक्तचाप, छारेरोगको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ¥हास भई यौन दुर्वलताको समस्या हुने गर्छ । पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामशक्तिमा समेत असर पुरयाउछ ।

लाजका कारण पालिएको रोग : यौन दुर्वलता हुनु सामान्य स्वास्थ्य समस्या हो यदि समयमै उपचार गरियो भने । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र त्यहि समाजमा हुर्केका आम सर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो । कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर भय लाज र प्रतिष्ठाको विषयमा जकडीरहेका हुन्छन् । अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ ।

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ : यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी अर्थात महसुस गर्ने खालका हुन्छन् । सहबासबा बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् । दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ ।

यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपयमा गम्भीर मानसिक समस्या समेत देखिन्छ । त्यति माात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् ।रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।

यौन दुर्बलताका बढाउन सहयोग पुरयाउने तत्वहरु : व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै: मधुमेह, लिङ्गमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ । यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुचि नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।

यौन दुर्वलता हुन नदिन के गर्ने ? : यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधि लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।

अन्तमा …. मोटो तौललाई घटाउने , औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने , ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने, । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर , लुकाएर केहि हुनेवाला छैन । बरु समाधानतिर लाग्नुपर्छ । डा. दीपक रौनियार कन्सल्ट्यान्ट यूरोलोजिस्ट