के तपाई से,क्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्सएपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,नेपाली गर्ल एप इन्स्टल गर्नुस् र से,क्स पार्टनर खोज्नुहोस् । अपरिचि नम्बरहरूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लिक गर्दा ह्वाट्स एप प्रयोगकर्ताहरूले करिब ५१ लाख गुमाएका छन् ।
अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मा’र्फत कुरा गरेर मोबाइलको डेटा क्या’प्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले प,क्राउ गरेर सा-र्वजनिक गरेको छ ।एप्स इन्स्टल गरेपछि प्रयोग’कर्ताको मोबाइलमा ह्या,करले अनधि’कृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिए’को ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातो-पाटीलाई बताए ।
एसएसपी शाह भन्छन्,‘अहिलेसम्म २० जनाको बैंक तथा वालेट’हरुमा पहुँच बनाएर ५१ ला’ख चोरेको भेटिएको छ ।’ मंसिर २५ मा साँझ ललि’तपुरको सातदो बाटोमा बस्ने राम ढकाल (परिवर्तित नाम)को एनआईसी एसिया बैंकको खाताबाट रकम ट्रान्सफर भयो । रकम घ’ट्ने क्रम मध्यरात १ बजे’सम्म रोकिएन । उनी प्रहरीकहाँ गए ।
ढकालको बैंक खाताबाट ४ लाख रुपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको ई–सेवा र खल्तीमा ट्रान्सफर भएको प्रह’रीको अनुसन्धा’नबाट थाहा भएको छ ।ढकालले गुमाएको ४ लाख खोज्दै जाँदा प्रह’री मुख्य गिरोहसम्म पुग्न सफल भएको छ ।
योजनाकार राजु पटेल : चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राजप्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइ’टीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनु’सन्धानबाट थाहा भएको छ । उनी’हरू दुवैले १२ कक्षा पढेका छन् ।
राम ढकालले गुमा’एको पैसाबारे अनु’सन्धान गर्दै जाँदा प्र हरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । नगेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँछिन् । ढकालको खाताबाट चो’री भएको पैसा नगेन्द्रले निकालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एसएसपी शाहका अनुसार नगेन्द्रले मकवानपुरमा विभिन्न व्यक्तिहरूको एटिएम कार्ड मागेर कमिसनमा पैसा निकाल्ने गरेका थिए ।
पैसा निकालेबापत उनले ४ हजार क:मिसन लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । नगेन्द्रको बयानका आधारमा अरू ६ जना प,क्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि प,क्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चो,रीको रकम ट्रान्सफर भएको अनुसन्धानबाट थाहा भएको छ ।
मकवानपुरबाट प,क्राउ परेका सन्तोष कुँवरले एटिएम मागेर नगेन्द्रलाई दिने गरेका थिए । प,क्राउ पर्नेमा भारत घर भएका २९ वर्षीय अवधेश कुमार र सप्तरी घर भएर बौद्ध बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी सहित ८ जना छन् । यस्तै शंकास्पद एप्लिकेशन नखोल्न प्र:हरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले शंकास्पद एप्लिकेशन नखोल्न आग्रह गरेको हो ।