मेरो कहानी : मेरी सासुले मलाई मेरो घरमा भाडामा बस्नेसँग रंगेहात भेटिन् तर केही भनिन् किन ?


प्रश्नः म विवाहित महिला हुँ । मेरो बिहे भएको केही वर्ष मात्रै भयो । तर मेरो समस्या यो हो कि म मेरो श्रीमानलाई माया गर्दिन् । वास्तवमा, म एउटा विवाह निभाइरहेकी छु, जसमा प्रेम बाहेक सबै कुरा छ । मेरो श्रीमानको अवस्था पनि त्यस्तै हो । उनले मेरो वास्ता गर्दैनन् । श्रीमानले मलाई समय नदिएका कारण मैले भाडामा बस्ने व्यक्तिसँग सम्बन्ध पर्नु पर्यो । म लामो समयदेखि भाडामा बसेका व्यक्तिसँग सम्बन्धमा छु ।

हामी एकअर्कासँग रमाइलो समय बिताइरहेका थियौं । तर अब अचानक मेरी सासुलाई हाम्रो अवैध सम्बन्धको बारेमा थाहा भयो । वास्तवमा, जब मैले मैले ससुराली जान पूर्णतया बन्द गरें उनीहरूले मलाई शंका गर्न थाले । म मेरो श्रीमानसँग अर्कै सहरमा बस्छु । मेरा सासुससुरा हामीसँग बस्दैनन् । मैले लामो समयदेखि ससुराली जान छाडेको थिएँ ।

तर मेरो श्रीमान आमाबुवालाई भेट्न हरेक साता जानुहुन्थ्यो । मेरी सासुले मलाई धेरै पटक यसबारे सोध्नुहुन्थ्यो तर म हरेक पटक कुनै न कुनै बहाना बनाएर टार्न खोज्थे । तर हालै एक यस्तो घ’टना भयो कि मेरी सासु अचानक मलाई भेट्न आउनुभयो । उहाँले मलाई भाडावालासँग रंगेहात फेला पार्नुभयो ।

त्यस क्रममा मैले उहाँलाई केही भन्न सकिन । सासुले अहिलेसम्म मलाई केही भन्नु भएको छैन् । तर उहाँको मौनताले मलाई धेरै डर लागेको छ । मलाई थाहा छैन उहाँले ममाथि के गर्नुहुन्छ । म यो विवाह टुटेको हेर्न चाहन्न । किनभने मेरो सम्बन्ध मेरो जीवनको त्यो शून्यता भर्नको लागि मात्र थियो, जुन मेरो श्रीमानले चाहेर पनि भर्न सकेनन् ।

जवाफः गेटवे अफ हिलिङ्गका संस्थापक र निर्देशक डा चाँदनी तुघनैत भन्नुहुन्छ, ‘यो सम्पूर्ण अवस्था तपाईका लागि कत्ति विचलित पार्ने खालको छ भन्ने कुरा म बुझ्छु । सासुलाई भाडामा बसेको व्यक्तिसँग तपाईंले अवैध सम्बन्ध राख्नु भएको बारेमा थाहा भएको केही दिन मात्र भएको छ ।

उहाँले अहिलेसम्म हजुरलाई केही पनि भन्नु भएको छैन । तपाई पनि आफ्नो वैवाहिक सम्बन्ध टुटेको हेर्न चाहनुहुन्न । तर तपाईलाई थाहा छैन अब के गर्ने ? तपाईका शब्दहरूबाट मलाई लाग्छ कि तपाई अझै धेरै कुराहरूमा भ्रमित हुनुहुन्छ । किनभने तपाईं अझै पनि आफ्ना लागि कुनै सही निर्णय लिन सक्षम नभएजस्तो देखिन्छ । तपाईं आफ्नो जीवनसँग के चाहनुहुन्छ भन्ने कुरा बुझ्न सकिरहनु भएको छैन् ।

तपाईलाई मात्र चिन्ता छ कि सासुलाई तपाईको बारेमा सबै थाहा छ । हजुरले भनेझैं तपाईं आफ्नो विवाह तोड्न चाहनु भएको छैन् । त्यसो हो भने सबैभन्दा पहिले म तपाईलाई सोध्न चाहन्छु यो कुरा साँच्चै हो कि होइन ? यदि हो भने, पहिले आफ्नो सासुसँग कुरा गर्ने प्रयास गर्नुहोस् । सासुसँग हुने कुरामा के–के देख्नुभयो भनेर जान्ने प्रयास गर्नुहोस् । हुनसक्छ, उहाँलाई यस्तो कुरामा बयानबाजी गर्दै हिड्न असहज लागेको हुनुपर्छ । जे भए पनि सासुसँग कुरा गर्नुहोस् ।

सम्बन्ध जोगाउने सोचमा हुनुहुन्छ भने सबैभन्दा पहिले आफू इमान्दार हुनुहोस् । सासुलाई भन्नुहोस् तपाईं आफ्नो श्रीमानसँग खुसी हुनुहुन्न । कसैलाई चोट पुर्याउने तपाईंको उद्देश्य थिएन भनेर पनि बुझाउनुहोस् । जे भयो त्यसको लागि आफूलाई गहिरो पश्चाताप भएको कुरा पनि सासुसमक्ष राख्नुहोस् । यस प्रकरणमा तपाईंले आफ्नो सासुसँग कुरा गर्नु धेरै महत्त्वपूर्ण छ । किनकी उहाँले नै तपाईंलाई जीवनको बारेमा सही निर्णय लिन मद्दत गर्न सक्नुहुन्छ ।

यदि सासुले हजुरको श्रीमानलाई केही भन्नु पर्यो भने, अहिले नै भन्न सक्नुहुन्छ । सामान्य कुरा के हो भने उहाँ स्पष्ट रूपमा तपाईंको विवाहको बारेमा चिन्तित हुनुहुन्छ । तर यस अवधिमा तपाईंले आफ्नो भाडावालासँग सम्बन्ध जारी राख्न चाहनुहुन्छ कि चाहनुहुँदैन भन्ने निर्णय गर्नुपर्छ । त्यो सम्बन्ध तपाईलाई खुसी राख्नको लागि थियो, तर अब त्यो चीज परिवर्तन भएको छ ।

यदि तपाई आफ्नो श्रीमानलाई चाहेर पनि माया गर्न सक्नुहुन्न जस्तो लाग्छ भने आफैसँग इमान्दार बन्नुहोस् । तपाईं त्यस्तो अवस्थामा भइरहन आवश्यक छैन, जसमा विवाह कायम राख्नका लागि तपाई आफैंलाई जबरजस्ती धकेल्दै हुनुहुन्छ । यस्तो अवस्थामा आफ्ना लागि काम नगर्ने कुराहरूबाट अलग हुनु राम्रो हुन्छ । अर्कोतर्फ, यदि तपाईं आफ्नो सम्बन्धलाई अर्को मौका दिन चाहनुहुन्छ भने, आफ्नो वैवाहिक जीवनमा धेरै सुधारका काम गर्नुपर्ने देखिन्छ ।

आफ्नो मनलाई निर्णय गर्नका लागि समय दिनुहोस् । आफ्नो आवश्यकता अलग गर्नुहोस् । आफ्नो श्रीमानसँग विश्वास र सम्बन्ध निर्माण गर्नुहोस् । उनलाई तपाईं कति आवश्यक हो भनेर महसुस गराउनुहोस् । यी सबैमा आफ्नो सासुको सहयोग लिन नहिचकिचाउनुहोस् । उहाँले तपाईं भन्दा धेरै संसार देख्नु भएको छ । उहाँलाई यी चीजहरू कसरी ट्याकल गर्ने थाहा छ । जनबोलीबाट साभार