महिला र पुरुष दुवैले कसरी प्राप्त गर्ने यौ’न आनन्द ?


आधारभूत रुपमा महिला तथा पुरुषमा यौ’न प्रतिक्रिया चक्र उस्तै हुन्छ । तर पनि केही कुराहरूमा भने फरक पर्न सक्छ । यदि चरमसुखको चरणपछि पनि यौ’न स्टिमुलेसन निरन्तर रुपमा भइरहयो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख पाउन सक्छन् । तर, पुरुषहरुमा भने यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक रिफ्र्र्याक्टरी पिरियड हो । चरमसुख पाउनुको साथै वी’र्य स्खलन भएपछि पुरुषहरू चरमसुख पाएर पुरानै अवस्थामा फर्के पनि केही समयको लागि यौ’नरुपमा उत्तेजित हुन सक्दैनन् । यस विशेष अवस्थामा पुगेका पुरुषहरू एक निश्चित अवधिभर चरमसुख पाउन वा वीर्य स्खलन गर्न सक्दैनन् ।

यही अवधिलाई रिफ्र्याक्टरी पिरियड भनिन्छ । कतिपयलाई लि’ङ्ग उत्तेजित नै गराउन गाह्रो हुने भए पनि कतिपय व्यक्तिको लि’ङ्ग केही वा पूर्णरुपमा उत्तेजित हुन सक्छ । तर लि’ङ्ग उत्तेजना गराइराख्न भने गाह्रो हुन सक्छ । यसको अवधि कति लामो वा छोटो हुन्छ भन्ने कुरा निश्चित रुपमा भन्न सकिन्न । यो केही मिनेटदेखि केही घण्टासम्मको पनि हुन सक्छ । यो व्यक्तिअनुसार एकदमै फरक हुन सक्छ र एकै व्यक्तिमा पनि फरक समयमा फरक पर्न सक्छ ।

उमेर बढ्दै गएपछि भने यसको समय पनि बढी हुन सक्छ । आक्कलझुक्कल लि’ङ्ग उत्तेजनामा वा वीर्य स्खलनमा केही ढिला हुन जाँदैमा चिन्ता लिनुपर्दैन । यौ’नसुखको लागि यौ’नसम्पर्क मात्रै होइन, यौ’नसम्बन्धमा नै विकास हुनुपर्छ र यसलाई विकसित हुन समय दिनुको साथै अभ्यासको पनि जरुरत पर्छ । यौ’नसुख खुरुक्क सामान वा वस्तु दिएजस्तो अरुले दिन सक्ने कुरा होइन । दुवै जनाले यसमा आवश्यक प्रयास गर्नुपर्छ ।

दुवैले कसरी यौ’न आनन्द प्राप्त गर्ने ?
लि’ङ्गको यो’निमा प्रवेशपछि वी’र्य स्खलन हुने समय सामान्य नै छ, त्यसैले यसलाई रोग भनेर चिन्ता गर्नुपर्ने आवश्यकता छैन । मानव यौ’न प्रतिक्रिया चक्रको कुरा गर्दा महिला र पुरुषमा हुने केही भिन्नतालाई विचार गर्नुपर्ने हुन्छ । यौ’न उत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ ।

यसको लागि एकातिर यौ’न उत्ते’जनात्मक कुरा सम्बन्धी सोचाइ तथा परिकल्पना हुन्छ भने अर्कोतिर यौ’न संवेदनशील अंगहरूकै सीधा घर्षण । यौ’न सम्पर्कलाई शारीरिक भन्ने गरिए पनि यो मानसिक, भावनात्मक अनि शारीरिक कुराको समिश्रणबाट प्राप्त हुने कुरा हो । प्रायःजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ ।

कतिपय दम्पतीले यौ’न सम्पर्कको सुरुआत नै एकैपटक यो’निमा लि’ङ्ग प्रवेशका साथ गर्छन् । यसो गर्नाले पुरुष तथा महिला यौ’नप्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौ’नआनन्द पाउन गाह्रो हुन सक्छ । एक राम्रो प्राक्क्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उ’त्तेजित गराउन र यौ’नसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।

सामान्यतया यो’निमा लि’ङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौ’नउ’त्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमको यौ’न क्रियाकलापलाई नै प्राक्क्रीडा भन्ने गरिन्छ । अंग्रेजीमा यसलाई फोर प्ले भन्ने गरिन्छ । कसैकसैले यस किसिमको यौ’न क्रियाकलापलाई मात्र पाक्क्रीडा नभनी यौ’नक्रियालाई सुमधुर बनाउन गरिने पूर्वक्रियाकलाप जस्तैः दुवै जनाले मायालु वातावरणमा गर्ने भोजन वा रमाइलो पे्रमवार्तालाई पनि प्राक्क्रीडा नै ठान्ने गरेको पाइन्छ ।

धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौ’नांग सुम्सुम्याउने वा चलाउने इत्यादि यौन क्रियाकलाप गरेर एक–आपसको यौन उत्तेजनालाई बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै नै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्ने पनि एक महत्त्वपूर्ण क्रियाकलाप हुन सक्छ ।

मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग गरेर मालिस गर्ने वा दम्पती सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर मालिस गर्न सकिन्छ । त्यस्तै शरीर तथा यौ’नांगलाई सुम्सुम्याउनु वा हल्का स्पर्श गर्नु अर्को महत्त्वपूर्ण यौ’न क्रियाकलाप हो । यसो गर्दा आफ्नो यौ’न साथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग कसरी छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउनुपर्छ ।

यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चु’म्बन गर्ने, चाट्ने, चु’स्ने, थपथप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ । यस किसिमको प्राक्क्रीडाले यौ’न आनन्दलाई चरम विन्दुमा पुर्याउन सहयोग गर्नेमात्र नभई एक–आपसमा राम्रो सञ्चार गरी आपसी समझदारी बढाउन पनि मद्दत गर्दछ ।

आपसी समझदारीका कुरालाई धेरै दम्पतीले यथार्थमा बेवास्ता गर्ने भए पनि वैवाहिक जीवनको धुरीको रुपमा यसले कार्य गर्दछ । यसो गर्न सकिएमा यौ’न सम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात् ‘सम+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन् ।