मलाई देखेर थुक निल्छन भने मेरो के दोष


मलाई देखेर थुक निल्छन भने मेरो के दोष यो भनाई कलाकार रिया श्रेष्ठको हो । केही समय अगाडी उनले बोलेको यो कुरा अहिले निकै चर्चामा रहेको छ । रिया श्रेष्ठ कुशल नृत्यंगना मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो।

बाहिर देखाउने माया रियालाई कृत्रिम जस्तै लाग्छ। रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर, दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। रियाले जन्जिर त्रास के म तिम्रो होइन र श्री ५ अम्बरे द रिटर्न हिरो लगायतका केही फिल्ममा अभिनय गरेकी छन्। तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसेकी छिन। केही फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। उनलाई कलाकारितामै निरन्तरता दिने रहर छ।

यसैले पनि हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन्। रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। केही वर्षअघिको कुरा हो उनी ताहाचल सावित्री सदनमा फिल्मको सुटिङ हेर्न गएकी थिइन्। निर्माता निर्देशकको आँखामा परिन् उनी। त्यहीँ एउटा फिल्ममा उनले एक सिनमा अभिनय गर्ने मौका पाइन्। निर्माता मौनता श्रेष्ठले बोस नामक फिल्म बनाउँदै थिए।

यो फिल्ममा उनी मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाइन्। विडम्बना भन्नुपर्छ यो फिल्म प्रदर्शनमा आउन सकेन। फिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्दै जाँदा चिनजान बढ्दै गयो। यसले गर्दा उनलाई काम पाउन खासै अप्ठ्यारो परेन्। २०१० देखि अभिनयमा संलग्न रिया निरन्तर रूपमा भने २०१४ देखि यो क्षेत्रमा सक्रिय भएकी हुन्।

काममा नै फोकस हुन मन पराउने उनले अभिनय र नृत्य पनि सिकेकी छन्। सानैदेखि नाच्न रुचाउने उनी कलाकार बन्न पाएकोमा खुसी छिन्। भन्छिन् रुचिको क्षेत्रमा आउन पाएँ, यो नै गर्वको विषय हो। प्रेमको विषयमा खुल्ला विचार राख्ने रियासँग प्रेमको सुखद अनुभव भने छैन। मनदेखि माया गरेकी थिइन् उनले कसैलाई।

तर उनलाई बुझेन उनको कामलाई सम्मान गरेन। पीडा दियो उसले। बाहिर देखाउने माया उनलाई कृत्रिम जस्तै लाग्छ। यसैले पनि होला दोस्रो पटक गहिरो सम्बन्धमा बस्न रहर लागेन उनलाई। पछिल्लो समय आमालाई बढी माया गर्ने रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन् काम नै मेरो लभर दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। फोटो गुगलबाट