म स्रोह वर्षीया युवती हुँ । मलाई ज्ञान भएअनुसार महिलाको स्तन विकास १४ देखि १६ वर्षभित्रमा भैसक्छ । यो अ’ङ्ग महिलाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ, तर मेरो भने धेरै सानो छ र अरूका अगाडि मलाई असजिलो महसुस हुन्छ । यदि स्तनलाई प्राकृतिक रूपमा बढाउने कुनै उपाय छ भने कृपया बताइदिनु होला ।
सुझाव स्तन एक विशेष किसिमको ग्रन्थि हो जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत दुई तीन वर्ष ढिलो चाँडो हुन सक्छ । तपाईंले भन्नुभएको १६ वर्षभन्दा केही पछिसम्म पनि जान सक्छ ।
स्तन ठूलो बनाउने उपाय
मुख्यतया स्तनको आकारको निर्धारण आन्तरिक रस ‘हार्मोन’ हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । तपाईंको तौल के कस्तो छ नलेखिएकाले यसै भन्न सकिएन । अर्को कुरा, तपाईंकी दिदी हुनुहुन्छ भने उहाँको स्तन कत्रो छ ध्यान पुर्याउनुहोला । कतिपय दिदी बहिनीमा समानता रहेको पाइन्छ ।
तपाईंले भन्नुभएजस्तो प्राकृतिक उपायको कुरा अलि गार्है छ । विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले कतिपय विकसित मुलुकमा शल्यक्रिया गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ ।
यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको नकारात्मक असर पर्न थालेको देखिएकाले त्यसका वैकल्पिक उपायहरूका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ । तपाईंलाई थाहै छ, स्तन खुला राख्नु नपर्ने अ’ङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ ।
थुनचोली ब्रा भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न सक्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसैगरी स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन २ साइजसम्म ठूलो भएको भान पार्न सकिन्छ ।
यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि उपलब्ध छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगा बाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो होइन भन्न सकिँदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।