मनपरेकी केटी भाउजु भएर आएपछि…


उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर । एक दुई ग`र्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र !

सदैव हिउँ परिरयो, सिरेटो चलिरहर्याे मेरो जीवनमा अनि रुखो रहिरहे म, एउटा पतझर रुखजस्तै । मेरो यस्तो भावना सुनेर कतिलाई दिक्क लाग्ला कतिलाई वाक्क । मैले गरेका जीवनका अनुभूतिहरु तपाईले महशुस गर्न पनि सक्नुहोला या नहोला । तापनि म आज सबैलाई सुनाउँदै छु मेरो ठगिएको जिन्दगीको आत्मकथा, पिल्सिएको जिन्दगीको जीवनकथा ।

परिवेश सँग संघर्ष गर्दै पढे मैलै। विहान बेलुका घरको कामसँगै गाँउलेको काम गर्न जान भ्याउथे म । यसविचमा पनि मेरो पढाई राम्रै थियो । मेरो शारिरीकसँगै मानसिक विकास हुदै गर्दा म स्त्रीलिंगी भएर स्त्रीप्रती नै आकर्षित हुने स्वभावको भएँ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सुरुमा म यो स्वभावदेखि डराएको थिए ।संसारमा केटा केटीबिच आकर्षण भएको, केटाकेटी बिच प्रेम भएको, केटाकेटी बिच विवाह भएको अनि केटाकेटी बिचनै गृहस्थी चलेको मात्र थाहा थियो मलाई । यसर्थ ममा चाँहि किन यो अलग किसिम`को आकर्षण पलाउ|दैछ भनेर आत्ति`एको थिए म । तर मेरै गाँउमा अरु २ जना साथी पनि मजस्तै पाएँ मैले ।

उनी`हरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर । म उनी`हरुजस्तो धेरै चञ्चल चाहि थिएन । घरको आर्थिक सामा`जिक परिवेशले होला । म बच्चा`देखिनै अन्त`र्मुखी थिए । यसर्थ ‘असल’ शब्दको विशेषण थपिदिएका थिए मेरो नाममाथि छिमेकी`हरुले ।

यसको प्रभावले नै होला कुनै बदमासी गरिएन बच्चा`बेलामा । कक्षा ८ पढ्दै गर्दा पल्लो गाउँकी नीला रिजाल`सँग मेरो आकर्षण रहन गयो । मेरो पढाई राम्रोे भएकाले सबै विद्यार्थी अनि शिक्षक मसँग नजि`किन्थे ।यस्तै तवरले उनी पनि नजि`किएकी हुन् मसँग । उनी राम्री थिइन् । यसर्थ मैले उनलाई विशेष साथी बनाए ।

उनी अंग्रेजी विषयमा रुचि राख्थिन अनि मचाँहि विज्ञान र गणितमा । हामी भेटमा दुवै एक`अर्कालाई सिक्ने सिकाउने गर्थ्यौं । हाम्रो भेट वाक्लिदो थियो अनि सम्बन्ध पनि । विद्या|लयको समयले मात्र नपुगेर हामी एक`अर्काको घरमा ओहोर दोहोर गर्न थालि`सकेका थियौ ।

उनी मलाई असल साथी, सहयोगी साथीको रुपमा हेर्थिन् । म भने उनलाई छुट्टै किसिम`को प्रेम नै गर्न थालेको थिए । यद्यपी डरले भन्न चाहि सकिरहेको थिएन । एकदिन उनी हाम्रो घरमा बस्ने गरी आईन् । बेलुकाको खाना`पछि हामी`सँगै सुत्यौ । त्यस रात मैले आफूले चाहेको व्यक्ति आफ्नो अगाँलोमा हुँदा आफू`लाई नियन्त्रण गर्न सकिन र विस्तारै उनलाई स्पर्श गर्न थाले । उनले अव`रोध गरिनन् बरु झन् मसँग टाँसिन थालिन् । यसरी त्यो रात हामी|बिच सह`वास हुन गयो ।

अब मलाई आफ्नो फरकपनको बारेमा उन`लाई भन्नु कुनै अप्ठेरो लागेन र भने पनि, अनि प्रेम प्रस्ताव पनि राखे । उनले स्वीकार गरिन् । मेरो खुशीको सीमा नै थिएन । संसार नै जितेझै लाग्यो । झन् धेरै मेहेनत गर्न थाले पढाइमा अनि काममा पनि । गाउँका सामाजिक कार्य`क्रममा धेरै सक्रिय हुन थाले । सबैले मलाई धेरै राम्रो मान्थे ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

म उनलाई औधी माया गर्थे । यसर्थ म हरक्षण उनी`सँगै रहन चाहन्थे । उनलाई हरेक काममा सह`योग गर्थे । यहाँसम्म कि पल्लो गाँउको उनको घरमा पुगी घाँस काटीदिने लगायतका घरा`यसी काममा सहयोग गरिदिन्थे उनको प्रेमले मेरो जीबनमा वसन्त छाएको अनुभब थियो म आफैमा मग्न थिए मस्त थिए ।मेरो जेठो दाईले विवाह गर्नुभयो । पोखरा`तिरै काम गरी भाउजु`लाई लिएर उतै बस्न थाल्नु`भयो ।

घरमा उहाँहरुको कुनै आर्थिक सहयोग थिएन । माईलो दाई विदे|शिनु भएको थियो । मलेसिया जानु`भएको मेरो दाईले पनि खासै कामाइ गर्न नसकेको भन्दै घरमा आर्थिक सहयोग गर्नु`भएको थिएन । यसर्थ एस.एल.सी.पछि मेरो पढाईमा अवरोध आयो । एक बर्ष गाउँमै खेतबारीको काम गरी बसेँ । पढ्ने रहर मरेको थिएन ।

गाउँकै एउटा प्रा.वि.मा शिक्षक बन्ने मौका पाएँ । त्यस|पछि भने आफुले पनि माछापुच्छ्रे उच्च मा.वि.मा +२ का लागि कक्षा ११ मा भर्ना भएँ । बिहानी कलेज थियो तर नियमित जान भने पाएको थिईन । यद्यपी राम्रै नम्बरसहित +२ पास गरे । नीला पोखराको पृथ्वी`नारायण क्याम्पसमा स्नातक पढ्न थालिसकेकी थिइन् ।

यसर्थ हाम्रो भेट पहिलेको तुलनामा पातलिदो थियो । तर हामी एक`अर्कालाई उत्तिकै माया गर्थेउ र उनी घर आएको प्रत्येक पटक हामी सँगै विताउथ्यौ हाम्रो समयहरु । उनी मलाई जीवनमा हार नखान प्रशस्त प्रेरणा दिन्थिन् । परिवारको जिम्मे`वारी धानेकोमा ग`र्भ गर्न आग्रह गर्थिन् । यसरी नै चलिरहेथ्यो जिन्दगी ; केही अभाव, केही जिम्मेवारी, केही अप्ठेरो, केही आशा, अनि केही माया ।

हो, यसरी नै चलि`रहेथ्यो मेरो जिन्दगी ।मेरो गाँऊका म जस्ता २ जना साथीहरु एकाएक गाउबाट गायव भएँ । मलाई उनी`हरुको चासो थियो । यद्यपी म उनीहरु`जस्तो गाँउमा खुलेको थिइन । उनी`हरुले आफ्नो इच्छा अनुरुपको कपडा लगाउँथे र कपाल काटी केटा झँै बनाएका थिए । यो कुरालाई गाँउमा स्वभाविक रुपले लिइएको थिएन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनीहरु गाँउबाट हराउनुका पछिको कारण मैले उनी`हरुको लैंगिकता|लाई लिए । उनीहरुले यो गाँउ छाड्नुपरेको अवस्थालाई मैले मेरै आँखाले नियालेको थिए । यसर्थ मैले मेरो फरकपन`लाई दुनियाँ|सामु खुल्ला प्रर्दशन नगर्ने निर्णय लिए र आफू`लाई नियन्त्रण गर्दै गर्दै जिन्दगी बाँच्दै गएँ । विदेशबाट दाई आउनुभयो ।

दाईको शरीर पहिलेको तुलनामा मोटाएको थियो, अनुहार चिल्लो भएको थियो, बाँकी कुनै परिवर्तन थिएन । निलाकै सल्लाहमा म पी.एन. क्याम्पस पोखरामा भर्ना भएको थिए । यद्यपी परीक्षा दिन मात्र पोखरा झर्थे । नीला गाँउ आउँदा मेरो घरमा आउँथी । उसको उपस्थिति`लाई मेरो बुबाआमाले पनि रुचाउनुहुन्थ्यो ।

ऊ राम्री थिई । दाईले उस|लाई मन पराउन थाल्नु`भएछ । यसर्थ नीलाका बारेमा मलाई प्रश्न सोध्न थाल्नुभयो । म उहाँलाई बताउन चाहन्थे नीला सिर्फ मेरी हो भनेर तर बताउन सकिन, अरुले मलाई के भन्ने हुन् भनेर तनाव थियो । दुनियाँले मलाई छोरी भनेर चिन्थे यसर्थ केटी केटी`बिचको सम्बन्धलाई अरुले बैधा`निकता नदिने र नीलाको समेत यसमा बेइज्जती हुने डरले मैले केही बोल्न सकिन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****