मध्यराति लाइभमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ..


हिजोआज टिकटकमा रमाउने धेरै छन्, तर त्यही टिकटकमा भिडियो बनाएर भाइरल हुने एक महिला पक्राउ परेकी छन् ।साउदी अरेबियाको प्रहरीले अ श्लील भिडियो बनाएको आरोपमा महिला ताला साफवानलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा तालाले मध्यराति आफू एक्लै भएकाले घरमा आउन साथीलाई आग्रह गरेकी छन् । साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यतिबेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमीसँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामीलाई कस्तो मजा आउला !’

भिडियो बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिला साथीलाई नै अ”श्लील भिडियो पठाएपछि उनलाई समलैंगिकताको आरोपमा प’क्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रतिबन्धित छ । यी कलाकारहरूले विमानस्थलकाे भीआईपी कक्ष प्रयाेग गर्न पाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा ४० जना कलाकारले विमानस्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । बाेर्डले जारी गरेको परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरूमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायतका रहनुभएको छ ।

बाेर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआईपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । विसं २०७३ सालमा बार्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।