भर्खरै भिषण आगलागी, ११ वर्षीया बालिकाको मृ’त्यु !


रौतहटको ईशनाथ नगरपालिका-६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृ’त्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृ’त्यु भएको हो ।

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृ’त्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल ज’लेर नष्ट भएको छ ।

यस्तै साउदी अरबको मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको साउदीको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशका बासिन्दा थिए ।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिणपश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा पुलसँग ठोक्किएर बस पल्टिएको हो । त्यसपछि बसमा आगो लागेको थियो ।

न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।