सन् २०१७ की मिस इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् । मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय नयाँ फिल्मका कारण चर्चामा छिन् ।
सामाजिक सञ्जालमा भने पनि निकै अपडेट रहन्छिन् । फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी थिइनन् तर पछिल्लो समय भने उनी नयाँ फिल्ममा देखिने भएकी छन् ।
नीति शाहले चलचित्र साईन गरेकी छिन्। चर्चामा रहेको चलचित्र ‘एक्स ९’ मा मुख्य अभिनेत्रीको रुपमा उनले आज निर्माण पक्षसंग सम्झौता गरेकी छिन्।
अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन्। श्रोतका अनुसार नीतिले चलचित्रमा २ १० लाख लिएकी छन् ।
हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । उनी पछिल्लो पटक पनि निकै ग्लामरस लुक्समा देखिएकी छन । उनका तस्बिरले निकै चर्चा पाएका छन् ।