बिहेको खुशीमा र:क्सीले बेहुला मातेपछि बिहेनै रद्द, बेहुली पक्षले तिरायो सबै विवाह खर्च….


घरमा बिहे’वारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटि’अर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले माद:क प’दार्थमा नशा’लुप’दार्थ मिसाएर खुवाइदिएपछि भने विवा’ह नै र:द्द भयो ।

त्यसपछि भने बेहुलाको परिवार रनभुल्ल’मा परे । घ’टना साताअघि फागुन १० बुधबारको हो ।कलैया उप:महानगरपालिका-१० मटिअर्वा गाउँबाट वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलमा जन्ती जाँदासम्मको माहोल निकै रमाइलो थियो ।

बेहुला, परिवार, आफन्त र गाउँले खुसी थिए । बाजाको तालमा महिला, पुरुष बच्चाहरु सबै रमेका थिए । दस:गजामै गाउँ भएकाले वारि र पारिको टोलमा पनि खुसियाली थियो । दिनभर भोज’भतेर खाँदै सबै बाजाको ताल’मा रमेका थिए ।

तर जब बेलुका बेहुला’सहितको टोली विवाहका लागि बेहुलीको घरमा पुग्यो तब भने तनावपूर्ण स्थिति सिर्जना भयो । २२ वर्षीय बेहुला प्रेम’चन्द मण्डल नशा:मा मा’तिएको देखेपछि बेहुली पक्ष:ले विवाह नै रद्द गर्ने निर्णय गर्‍यो ।

बेहुला सजिएर जाँदा कसैले पनि उनले न:शालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै र्‍याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसे ।

बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखे । त्यसपछि भने सबैको खुसीमा मौनता छायो । एकछिन सबै अलमल्लमा परे । यतिमात्रै नभएर बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।

भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । वडाध्यक्ष भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराईले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त गरिए ।

बन्धक छुटाउन आफ्नो चेक दिएर आफैं झमेलामा परेको छु,’ मटिअर्वाका वडाध्यक्ष ठकुराईले भने, ‘बेहुलालाई नशा गर्ने बानी थिएन तर खुसीमा उनकै साथीले बियरमा कडा नशालुपदार्थ खुवाइदिएछन् ।’ आफ्नै समाजको बेहुला र उनको परिवार बन्धकमा परेपछि आफ्नो नामको चेक दिएर सबैलाई छुटाएको उनले बताए ।

विवाहका लागि बेहुली पक्षले बेहुला पक्षलाई साढे ५ लाख नगद दाइजो दिएका थिए । ‘दाइजोको साढे ५ लाख नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परि’रहेको वडाध्यक्ष ठकु’राईले दाबी गरे ।

जन्ती, टिकाटाला, कपडालगायतमा भएको सबै खर्च पनि बेहुली पक्षले जोडेर बेहुला पक्षबाट तिर्न लगाएको उनले बताए । ‘मैले न’शा प्रयोग गर्ने गरेको थिइन् । बेहुला भएर घरबाट निस्कनुअघि साथीको दबबामा १ गिलास बि’यरमात्र खाएको थिएँ,’ बेहुलालाई उद्धृ’त गर्दै परिवारका एक सदस्यले भने, ‘त्यसपछि मलाई के भयो अरु कुरा थाहै भएन ।