आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ । नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ ।
तिनै बिदेशबाट पठाएका पैसाको रेमिट्यान्सबाट देश चलेको छ भन्दा पनि फरक नपर्ला । किनभने पछिल्लो पटक कोरोना कहरमा रेमिट्यान्स झनै बढेर आएको छ ।
बैदेशिक रोजगार अबसर मात्र होइन यसबाट बिभिन्न समस्याहरु पनि सिर्जना भएको छ । कसैको घरबार नै बिग्ररीएको छ भने कसैको जिन्दगीनै बर्बाद भएको छ ।
वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।
वैदेशिक रोजगार बोर्डकासदस्य सीता देवकोटामहिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।
दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनकाअध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी दुबई मलेसिया लगायतका खाडी मुलुकमा सय भन्दा बढी जेलमा परेका जानकारी रहेको छ । बिभिन्न अनलाईन बाट साभार