बालिकाको दुब्लो खुट्टा देखेर हैरान हुनुभयो ? तेज आँखा हुनेले सत्य बुझे !


काठमाडौं । अप्टिकल इल्युजन त्यस्ता तस्विर हुन्, जसले हाम्रो नजर र दिमागलाई धोका दिन सक्छन् । यस्ता तस्विररहरू सामाजिक सञ्जालमा बेला बेलामा भाइरल भइरहेका हुन्छन् । यस्तै एक तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्विरमा बालिकाको खुट्टा देखेर धेरैलाई लाग्छ कि उनी कुनै रोगबाट पीडित छिन्, जसकारण उनको खुट्टा धेरै पातलो र लामो देखिन्छ ।

तर के यो सत्य हो ? यदि तपाइँ पनि यस्तै महसुस गर्दै हुनुहुन्छ भने, एक पटक फेरि ध्यान दिएर फोटो हेर्नुहोस् । अहिले पनि सत्य देख्नु भएको छैन् आँखा चिलको जस्तो तेज छैन भन्ने थाहा हुन्छ । यो फोटो ट्विटरमा भाइरल छ । क्याप्सन लेखिएको छ, ‘यो तस्बिरले तपाईंको दिमागलाई कसरी अप्टिकल इल्युसनले उडाउँछ भन्ने उदाहरण हो ।

पहिले तपाईंले धेरै पातलो खुट्टा भएको केटी देख्नुहुनेछ र त्यसपछि…’ फोटो हेरेपछि धेरैले यसको सत्यता बुझ्ने प्रयास गरेका छन् । तर सबै सफल भएनन् । किनभने तस्विरले सबैको मनमा ठूलो भ्रम पैदा गरेको छ ।

तात्पर्य के भने, तस्विरमा जे देखिन्छ, त्यो त्यहाँ छैन । पहिलो पटक तस्विर हेर्दा मानिसहरूले केटीको खुट्टा धेरै पातलो र लामो भएको महसुस गर्छन् । तर जब तपाईं सत्य थाहा पाउनुहुन्छ, तब आफैं हैरान हुनु हुनेछ ।

वास्तवमा, फोटो खिच्ने क्रममा केटीले आफ्नो हातमा पपकर्नको प्याकेट लिएर आफ्नो खुट्टाको छेउमा झुण्ड्याएकी छिन्, जुन जमिनको रंगसँग यसरी मिसियो कि मानिसहरूलाई भ्रम भयो ।