केही समय अघिमात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न भारतकाे बिहारबाट आएकी १८ बर्षकी अप्सरा खातुनकाे यही कहालीलाग्दाे भिरकाे डिलमा तस्बिर खिच्नेक्रममा खसेर मृत्यु भएकाे छ ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने संसारकै लामो झोलुङे पुल छेउबाट लडेर चैत ५ गते आइतबार बेलुका करिब ४ बजेतिर भिरबाट खसेर मृत्यु भएको हाे ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा खसेकी भारतकाे बिहार घर भइ बागलुङ नगरपालिका–२ बस्ने १८ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्विर खिच्ने बेला भीरमा खसेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा ल डेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार खातुनलाई अ चेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । उनकाे घर भारतकाे बिहार माेतियारिमा हाे र उनी केही समयअघि मात्रै बागलुङमा चनाचटपटकाे ब्यापर गरिरहेका बाबु आामा भेट्न बागलुङ्ग आएकी थिइन् ।
हेर्नुहोस् भिडियो : https://www.facebook.com/watch/?v=1589570668178028