आवरबेलका/ मानिसले पैसा कमाउन अनेकौ उपाय अपनाउने गरेका छन् । कसैका अनौठा शोख पनि हुन्छन् । जसले मानिसलाई अचम्म बनाउँछ । पैसा कमाउन एक जना महिलाले अपनाएको उपायले प्रहरीलाई पनि चकित् बनाएको छ ।
उनले केही ब्यक्तिको सहयोगमा प्रयोग भइसकेको कण्डम भेला पारेर पुन बेच्ने गरेकी थिइन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले यस्तो काम गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ ।
यी कन्डम लाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो क ण्ड म देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले कन्डमले भरिएका यी ब्याग सहित महिलालाई पक्राउ गरेको हो । जसको वजन ३ सय ६० किलो छ ।
यस गोदामका मालिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका क ण्ड म किनेर फेरी बेच्ने गरेका थिए । त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी क ण्ड मलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।
महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । एजेन्सीको सहयोगमा(कपि)