काठमाडौं । नायिका पूजा शर्माले आफू यो वर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् । नयाँ वर्षको अवसरमा काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् ।
पूजाले यो वर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् । यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ ।
पूजाले भनिन्,‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो वर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’ पूजाले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्ने बताइन् । आफूले स्पष्ट रुपमा कुनै पनि विषयमा कुरा राख्दा विवादमा बढी परेको भन्दै कम बोल्ने बताइन् ।