भ्यासेक्टोमी पुरुषले गर्ने स्थायी बन्ध्याकरण हो । यो सुरक्षित सामान्य शल्यक्रिया (अपरेशन) हो । यो शल्यक्रिया गर्दा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट दुवैतिरका शुक्रकीट बाहिनी नली (वीर्यनली) बाँधेर काटिन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भ्यासेक्टोमी गरेपछि पुरुषको यौन क्षमतालाई कुनै असर गर्दैन । भ्यासेक्टोमी गरिसकेपछि ३ महिनासम्म यौन सम्पर्क गर्नुपरेमा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ। किनभने शुक्रकीट बाहिनी नलीमा रहिरहेको शुक्रकीट निख्रन करीब ३ महिना लाग्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
भ्यासेक्टोमीले कसरी ग’र्भ रोक्छ ?
भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोशमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीट नलीहरु काटेर बाँधिन्छ । शुक्रकीट आउने दुवै नली बन्द गरेपछि शुक्रकीट आउन पाउँदैनन् । महिलाको डिम्ब र पुरुषको शुक्रकीट भेट हुँदैन र गर्भ रहन पाउँदैन ।
भ्यासेक्टोमी कस्ता पुरुषलाई उपयुक्त हुन्छ ?सन्तानको रहर पुगिसकेको, एच.आई.भी. संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी (एच.आई.भी को औषधी) सेवन गरिरहेका पुरुषले पनि भ्यासेक्टोमी गर्न सक्छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****