पल शाहले दोब्बर बनाए पारिश्रमिक, अब लिनेछन यति मोटो रकम


पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।

यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई म्युजिक भिडियोमा अभिनय गराउँदै आएका लगानीकर्ताले अब ३ लाख रूपैयाँ तिर्नुपर्नेछ । केहि दिन अघि रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगेका थिए । हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल जीवनको अनुभव पनि बाँडे ।

उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे । एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए ।

पलले अब पहिलेजसरी म्युजिक भिडियो नखेल्ने मनस्थिति बनाएका छन् । पलले यसअघि १ देखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।

उनको पहिलो भिडियो तिम्रो यादमा रहन्छु अचेल जसले उनलाई चर्चित बनाएको थियो। उनले नेपाली चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४बाट पर्दापण गरेका थिए। पछि उनले प्रेम प्रसङ्गयुक्त नाटक चलचित्र म यस्तो गीत गाउँछु, एक्सन चलचित्र जोनी जेन्टलम्यान र पारिवारिक नाटक चलचित्र शत्रु गतेमा अभिनय गरेका थिए।

उनले पछि सामाजिक प्रेम प्रसङ्गयुक्त चलचित्र वीर विक्रम र विर विक्रम २ मा काम गरेका थिए। उनले अभिनय गरेको पछिल्लो चलचित्र म यस्तो गीत गाउँछु २ हो। उनी यस क्षेत्रमा २०६८ देखी हालसम्म कार्यरत छन्।