नेपाली मोडललाई मुम्बईमा वे’श्यावृ’त्तिमा लगाउने अखडाः रात कै १ लाख रेट, २३ वर्षे मोडलबाट यसरी भयो खुलासा..


भारतको चलचित्र नगरी मुम्बईमा मोडललाई वे-श्यावृत्तिमा लगाउने अ-खडाको चिरफार भएको छ । लामो समयदेखि यौ न शोषण र जबरजस्ती वे-श्यावृत्तिमा मुछिएकी एक नेपालकी मोडललाई भारतीय अधिकारीले उद्धार गरेसँगै यस्तो तथ्यको उजागर भएको हो ।

केन्द्रीय अपराध शाखाका अधिकारीहरूले भर्खरै बैंगलोरको एक प्रसिद्ध होटेलमा छापा मारेर मात्र २३ वर्षीया युवतीलाई उद्धार गरेको छ । उनी मुम्बईबाट त्यहाँ पुगेको खुल्न आएको हो ।डेक्कन हेराल्डको अनलाइन संस्करण जहाँ यो विषयको समाचार पहिलो पटक प्रकाशित भएको छ । पीडितलाई होटेलबाट उ-द्धार गरिएपछि थप रहस्य बाहिर आएको हो ।

पी डितको कथा अन्य धेरै महत्वाकांक्षी मोडल र अभिनेत्रीहरू भन्दा फरक छैन । ग्ल्यामरको संसार प्रयोग गरेर महिलाहरूलाई दे ह व्यापारको ज-घन्य अ पराधमा यस्ता अपराधिहरुले फसाउँछन्।स्थानीय प्रहरीका अनुसार नेपाली युवती करिब आठ महिनाअघि मोडलिङ क्षेत्रमा काम गर्न भन्दै एक व्यक्तिलाई भेट्न मुम्बई गएकी थिइन् ।

बलिउडमा इन्ट्रि गराईदिने लोभ देखाएपछि उनी त्यहाँ आएको बयानमा खुलेको छ । उनलाई भेटेपछि बालाउने व्यक्तिले ज-बरजस्ती क-रणी गरेका थिए । त्यसपछि अज्ञात स्थानमा लगियो । त्यसपछि उनको दैनिकी ती व्यक्तिले पठाएका होटलमा पुग्नुपर्ने थियो ।

होटलमा खोजिएका ग्राहकसँग सुतेर फर्किनु पर्दथ्यो । यसरी उनका नाममा रातको एक लाख सम्म रकम लिने गरेको खुलेको छ । यसैगरी यी व्यक्ति उनीसँगै अन्य नेपाल र भारतकी मोडलहरुलाई यस्तो काममा लगाएको खुलेको छ । अ-पराधीले उनलाई उनका न-ग्न तस्वीर र भिडियो खिचेर इन्टरनेटमा अपलोड गर्ने ध-म्की दिँदै यो काम लगाइरहेको बुझिएको छ ।

डेक्कन हेराल्डले अनवर खान नाम गरेको सहरको एक दलालले मुम्बईको एक एस्कर्ट–सप्लायरलाई सम्पर्क गरेर पुरुषहरू ग्राहक खोज्ने गरेको उल्लेख छ । वयस्क सेवाहरू प्रदान गर्ने वेबसाइट मार्फत केटी बुक गरेपछि युवतीलाई पठाइन्थ्यो । बेंगलोर पुगेपछि मात्र यो कुराको पर्दाफास भयो ।

मोडल युवतीलाई केन्द्रीय व्यापार जिल्ला क्षेत्रको होटलमा राखिएको थियो। धेरै ग्राहकहरु उनलाई भेट्न आए। एजेन्टले एक रातको लागि प्रति वयक्ति एक लाख भारतीय रुपैयाँ संकलन गरेको रिपोर्टमा भनिएको छ। सुन्धवा नामक ग्राहकले उनलाई ‘अप्राकृतिक दवाव’ गर्न बा-ध्य पारेपछि युवतीले प्रहरीमा फोन गरेकी थिइन् । असह्य कु-टपिट गरेपछि उनले प्रहरीको हटलाईनमा फोन गरिन् र प्रहरी अधिकारी पुगे ।

विकासकर्ता र निर्माण ठेकेदार सागर र सुन्धवा भनेर चिनिने दलाल अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ । ‘उद्योगमा ठूलो बनाउने’ सपना अहिले अधुरै रहेकी पीडितलाई एनजीओको जिम्मा लगाएर प्रहरीमा मुद्दा दर्ता भएको छ । पीडितलाई नेपाल फर्काउनपनि पहल भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।