काठमाडौं । नेपालमा यौन-धन्दालाई कानून मान्यता छैन् । तर पनि अवैध रुपमा नेपालमा यो सञ्चालन भइरहेको कुरा कसैले नर्कान सक्दैन । मानव बेचबिखन एवं यौन शोषण नेपालको लागि निकै चुनौतीको विषय बनेको छ । अशिक्षा र गरिबीको कारण बाध्य पारेर महिला तथा बालिकालाई यस धन्दाामा लगाउने गरिएको छ ।
फकाएर होस् कि धम्की दिएर यस व्यवसायमा महिला तथा बालबालिकालाई लगाउने गरिएको छ । भारतसहित अन्य देशका कोठीमा पुगेर बिचल्लीमा परेका नेपाली चेलीको संख्या कम छैन् । यो मात्रै होइन नेपालमा पनि महिलाहरु त्यस धन्दामा लाग्न बाध्य हुने गरेका छन् । गरिबी, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै यौन व्यवसायीले नेपाली चेलीको मोल मोलाई गर्दै आएका छन् ।
२०७६ साल देखि अहिले सम्मको तथ्याङ्क अनुसार ८८९ जना महिलाहरु पीडित भएका छन् । राम्रो लगाउने, मिठो खाने आशमा महिला तथा बालिका फस्छन् । गाउँबाट काठमाडौं आएर रात्रीकालीन व्यवसायमा जागिर पाइन्छ, थोरै समयमा धेरै पैसा कमाउ सक्छु भन्ने आशले गर्दा थुप्रै महिलाहरु यसमा फसेका हुन् । छोरीचेली बेच्न आफ्नै परिवारका सदस्य सलंंग्न हुनु नौंलो कुरा होइन ।
तर छोरीचेलीहरुलाई बेचिएपछि मात्र जानकारी हुन्छ । एकपटक यस क्षेत्रमा प्रवेश गरेपछि समाज र परिवारले तिरस्कार गर्ने भएका कारण उनीहरु एउटा सुनसान कोठाभित्र अरुको प्यास मेटाउन बाध्य हुनुपर्छ । काठमाडौंमा क्याबिन, रेष्टुरेन्ट, ब्यूटी पार्लरदेखि खाजा पसलसम्ममा यौन धन्दा चल्ने गरेको प्रहरी बताउँछ । जनबोली न्यूज नेटवर्क