नायिका सुष्माले आफ्नाे जन्मदिनमा सलमानको तस्विर केकमा राखेर भनिन् ‘म मेरो बेबीलाई काट्दिन’


नायिका सुष्मा कार्कीको जन्मदिन भ्यालेन्टाइन डेका दिन पर्छ । सुष्माले आफ्नो ३८ औँ जन्मदिनमा करिश् मानन्धर, रिमा विश्वकर्मा, सुरबिना कार्की , लगायतका कलाकार र साथीभाईकाबिचमा काठमाडौँस्थित ‘दि एड्रेस लाउन्ज’ मा मनाइन् ।

सो अवसरमा नायिका करिश्मा आफ्नी छोरी कवितालाई लिएर बर्थ डे मनाउन पुगेकी थिइन् । सलमान खानकी ठूलो फ्यान बताउने सुष्माले काट्न ठिक्क पारेको केकमा जब सलमान खानको तस्विर देखियो तब बर्थडे पार्टीमा उपस्थित सबै चकित परे ।

‘दि एड्रेस लाउन्ज’ मा सुष्माले एउटा आफ्नो तस्विर भएको केक र अर्को सलमानको तस्विर भएको केक ठिक्क पारेकी थिइन् । जसमध्ये उनले सुरुमा आफ्नो तस्विर भएको केक काटिन् भने सलमानको तस्वीर भएको केक भने काट्न मानिनन् ।

उपस्थित अतिथिले अर्को केक पनि काट्न भनेपनि उनले जवाफ दिँदै भनिन् ‘म मेरो बेबीलाई काट्दिन ।’ सलमानवाला केक देखेपछि चकित परेकी नायिका रिमाले मिडियालाई सो तस्विर सलमानसम्म पुर्‍याउन ठट्यौलो आग्रह गरिन् । पछिल्लो समय फिल्म विहिन बनेकी सुष्माले मििडयाको एटेन्सन पाउन आफ्नो व्यक्तिगत जीवन र कन्ट्रोभर्सीहरु बनाउने गर्दै आएकी छिन् ।