दुबै हात नभएकी संसारकी एक मात्र पाईलट ‘जेसिका’ खुट्टा’ले नै य’सरी चला’उँछिन् !


एजेन्सी । संसारमा अपांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स ।

अदम्य साहासकी खानी उनले गोडाको भरमा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् । जेसिका पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसियशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् ।

अमेरिकाको एरिजोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो । आफ्नी छोरीलाई सबैले हेप्ने र घृणा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् ।

१३ वर्षको उमेरसम्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् । आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले नक्कली हातहरु फालिदिइन् र समाजमा खुलेर हिड्न थालिन । उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***