दुनियामै यस्तो गाउँ, जहाँ श्रीमतीले पाँच दिनसम्म लुगा लगाउन पाउदैनन् !


विश्वका विभिन्न देशमा अनौठा परम्परा रहेन गरेका छन् । आफ्नो जात, धर्म, संस्कृति अनुसारका परम्परा मानिसहरुले लामो सयमदेखि मनाउँदै आएका छन् । बतिपय अनौठा परम्पराहरु नेपालमा पनि छन् ।

यस्तै अनौठो एक परम्परा भारतको एक गाउमा रहेको जानकारहरुले बताएका छन् । भारत हिमाञ्चल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा अनौठो परम्परा रहेको छ जसलाई पत्याउन तपाई हामीलाई गाह्रो पर्छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पीणीको गाउँमा पाँच दिनसम्म श्रीमतीहरु निर्वस्त्र बस्ने गर्छन् । उनीहरुले लुगा लगाउने गरेका छैनन् ।

यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग गफ समेत नगर्ने परम्परा रहेको छ । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुषलाई रक्सी पिउने स्वतन्त्रता छैन । वर्षा यामको समयमा पर्ने एक चाडका बेला यस्तो गर्ने परम्परा रहेको छ ।

कपडा नलगाएपनि पछिल्लो समयमा उनबाट बनेको एक ओढ्नी भने ओड्न महिलालाई छुट छ । यो नियम कडाइका साथ पालन गर्ने गरिएको छ । यदी कसैले यो परम्परा तोडे अनिष्ठ हुने विश्वास स्थानीयले गर्ने गरेका छन् । यो लेख कुमार चौलागाईले लोकान्तर अनलाइनमा लेख्नुभएको हो ।

टिकटकमा भाइरल हुने मन छ ?

टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ ।

यो एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ । टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।

टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर९किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।

यसमा सरसफाइ, खाना पकाउने, घरपालुवा जनावरको ख्याल राख्ने वा चित्र बनाउने भिडिओहरू समावेश हुन सक्छन्, जहाँ क्रियटरहरूले विभिन्न सुझाव वा अन्य थप कुराहरू शेयर गरिरहेका हुन्छन् ।

यस्ता भिडिओहरू कसरी भाइरल भए होलान् भन्ने सोचमा हुनुहुन्छ भने आज स्मल बिजनेस ट्रेन्डले प्रस्तुत गरेका केही उपाय उल्लेख गर्दैछौं ।

१ भिडिओको समय सीमित
अहिलेको डिजिटल उपभोक्ताहरूको समयलाई हेर्ने हो भने उनीहरू एउटा सामग्रीको लागि धेरै समय दिन चाहँदैनन् । कुनै भिडिओमा राम्रो सामग्री दिइएको छ भने पनि त्यो भिडि‌ओ धेरै लामो छ भने सबैलाई त्यसलाई रुचाउँदैनन् ।

विशेषगरी मनोरञ्जनको कुरामा दर्शकहरूको आकर्षण एकैछिनमा परिवर्तन हुन्छ । यस्तोमा टिकटकले पनि भिडिओ‌को समयसीमा तोकेको छ । त्यसैले जति नै छोटो तर सिर्जनात्मक भिडिओ बनाउनुहुन्छ, तपाईंको भिडिओ त्यति नै धेरै प्रयोगकर्ताले हेर्ने सम्भावना हुन्छ ।

२ अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा पनि भिडिओ शेयर
टिकटकको व्यापक लोकप्रियताका कारण छोटो भिडिओको प्रवृत्ति सबै सामाजिक सञ्जालमा पनि प्रचलित भएको देख्न सकिन्छ । आज, फेसबुक, इन्स्टाग्राम र युट्युवजस्तो प्लेटफर्मले पनि छोटो भिडिओ सामग्रीको प्रचार गरिरहेका छन् ।

३ निरन्तर भिडिओ पोस्ट

यदि तपाईंको भिडिओ धेरैजनामा पुगोस् भन्ने चाहनुहुन्छ भने भिडिओ निरन्तर पोस्ट गर्नुहोस् । अथवा भिडिओ राख्ने समय छुट्टाउन सक्नुहुन्छ । धेरै फलोअर भएका प्रयोगकर्ताले भिडिओ निरन्तर रुपमा राख्ने गर्छन् । किनभने टिकटकको अल्गोरिदमले पनि साइटमा धेरै ट्राफिक ल्याउनसक्ने कन्टेन्ट क्रिएटरहरूलाई नै प्रोमोट गर्ने गर्छ ।

यसको अर्थ प्रत्येक घण्टामा भिडिओ पोस्ट गर्नुपर्छ भन्ने होइन । तर कम्तिमा एक दिनमा एउटा भिडिओ पनि राख्नुभयो भने अन्य प्रयोगकर्ताले प्रत्येक समय टिकटक खोल्दा नयाँ भिडिओ स्क्रिनमा देख्न सक्छन् र फलो गर्न पनि रुचाउँछन् ।

४ नयाँ ट्रेन्ड फलो

हरेक हप्ता टिकटकमा केही न केहि नयाँ ट्रेन्ड आइरहेको छ । ट्रेन्डमा आएका गीत, अडियो ९आवाज०, नृत्य अथवा अन्य कुनै ट्रेन्डमा आएका गतिविधिलाई फलो गर्ने गर्नुहोस् ।

नयाँ ट्रेन्डमा आएका भिडिओहरू नै प्रायः भाइरल हुने गरेका छन् । यसका लागि टिकटकमा नयाँ ट्रेन्ड के छ भनेर टिकटककै ‘डिस्कभर’ अप्सनमा हेर्न सकिन्छ । त्यहाँ सबैभन्दा चलेको ह्यासट्याग, धैरै चलेको गीत, आवाज भेट्न सकिन्छ, जसमा भिडिओ बनाउन सक्नुहुन्छ ।