दुईवटा टाउको भएको दुर्लभ सर्प भेटियो, स्वच्छ मनले दर्शन गरि (हेर्नुहोस् )


निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको हो ।दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा

दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे । त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे । निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ । त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’

यो दुईवटा टाउको भएको साउदर्न ब्राउन एग इटर राती घुम्ने खालको सर्प हो । तर यो दुईमुखे सर्पको लम्बाई ३० सेन्टिमिटर मात्रै थियो । अर्थात् यो एउटा बच्चा हो ।निक इभान्सले यसबारे थप जानकारी दिँदै भने, ‘दुईवटा टाउको भएको सर्पको एउटा ठूलो समस्या भनेको उनीहरुको चाल हो । उनीहरु कुन दिशामा जाने त, यसबारे यी दुईबीच तादम्य मिल्दैन । एउटा टाउको अर्को दिशामा जान चाहन्छ त अर्को अर्कै दिशामा जान चाहन्छ ।’

निकले आराम गरिरहेका बेला यो दुइवटा टाउको भएको सर्पले एउटाको टाउकोमाथि अर्कोको टाउको राख्ने गरेको देखे । साउदर्न ब्राउन एग इटरको नामले नै स्पष्ट हुन्छ कि यसले अण्डा खान्छ । यिनीहरुका दाँत हुँदैनन् तरपनि यिनिहरुले एकपटकमा थुप्रै अण्डा फोडेर खान सक्छन् । कतिपटक त यिनीहरुले पूरै अण्डा निल्छन् । यसको गर्धनमा ती अण्डा फोड्ने क्षमता हुन्छ । पछि अण्डाको बोक्रा भने ओकल्ने गर्छन् ।