थु’क्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने‘


हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो हेई शिवानी फ्रेन्ड रिक्वेष्ट पठाएको छु किन एसेप्ट नगरेको रु लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो्र मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन । फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन।

अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन्र तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो्र अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो आहा कति राम्री छौ है तिमी त। मैले केहि प्रतिकृया जनाइन साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए ।

मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन्र कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो” “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो। मेरा तस्वीरहरूमा “आहा कति राम्री“वाउ लुकिंग सेक्सी “सो हट जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी रु यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन् रु कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन

गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन्र धेरै बर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो , यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे , यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे, मैले दुबैलाई इन्कार गरें मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे, अन्तिममा केहि उपाय नलागेपछि मैले भनें म तपाईलाई अंकल भन्छु दाजु आत्तिदै भन्छन् हैट के भनेको त्यस्तो रु बरु हामि लप गरौँ न आइ लप यु

तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो , आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई रु कसरि यस्तो सोच्न र भन्न सक्छन रु एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन रु के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको रु म सरासर उनको प्रोफाइलमा गएँ कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले , तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन, “मेरी गुडिया आइ लप यु लेखेर मलाइ यो आइ लप यु शब्दसँग धेरै घिन लाग्यो, मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ।

हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो, उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो, मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस, तिनलाई उचित शिक्षा दिने बिचार आयो, म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन, मेरो रिसको पारो झन् तातियो, मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ ।

यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका्र यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन, धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँ’यामा पारेका हुन्छन्, अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा ओइ लु एकरातको कति लिन्छेस रु किन भाउ खान्छेस र डी रु “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस रु भन्नेजस्ता म्यासेज पठाउछन् , हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन, फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने रु ब्लक या डिलिट कतिलाई गर्ने ?

कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने रु अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो। यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा। तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्, तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्, समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन््र आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्

आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन, छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन्र मर्दले त नारीको इज्जत र रक्षा गर्छ्र अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ्र धर्मको पालना गर्छ्र करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले, सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होलारु छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ। मेरी एउटी साथी छे, अन्जली। हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ। हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो। पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो।

पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी। म डिग्रीको पढाई सँगै एउटा निजि कम्पनीमा काम गर्थे। आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ। म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ। साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें। धेरैबेरको रोदन र मेरो लगातार को प्रश्नले उसले समस्याको पोको खोली। उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ। मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ। अन्जली कथित दलित हो, बिश्वकर्मा् उसको प्रेमी उपाध्याय बाहुन रहेछ । अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो।

उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन। दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो। अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ । आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन, भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो, उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन ररु अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला आफुलाई र आफ्नालाई बदलेर देखाउन ।

अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन्र सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों। कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस्। हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं। झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने। छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो। यसरि अपमानित हुँदापनि उसले कहिल्यै साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार पारेकी थिइ। मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ्र कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन्र फलफुल छोइदैन अरु छोइन्छ रे ।

दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे तर उसले छोएको खान हुँदैन रे्र उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् ररु दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे कति हास्यास्पद छ है चलनरु मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन्र त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन् उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न। सुनपानी र जप गरेर दुरुस्त हुन्छन् ।

तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैननरु यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ। म बुझ्दछु शायद अन्जली यतिबेला आ’त्मह’त्या गर्नेबारे सोच्दैछे। नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे, जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो, दलितको कोख अन्जलीले रोजेर पाएकी होइन। न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो। जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्नेरु अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो। लेखक शिवानी रानी सामाजिक संजालबाट साभार