तलको पनि खोल्नु पर्छ, भनेपछी आँखा चिम्लेर खोलिदिए


काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठान रहेछ । केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार । हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ । उनले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’

यतीभन्दा म केही समय बोल्नै सकिन चुप लागेर बस्न बाध्य भए । मलाई अल्लारे केटा भनेर नाम भनिनन् कि ? वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी  नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर नाम परिर्वतन भएको बताइन् ।

छिमेकीको नाता जोडिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै असहजता बाँकी थिएन । गफ यसरी जम्न थाल्यो कि समय बितेको पत्तै भएन क्षणभरमा बुटवल पुगेछौं । अक्सर यति चाँडो बुटवल पुगेकोजस्तो अनुभव यसअघि मलाई भएको थिएन । उनले पनि मेरो बारेमा कुरा खोतन्न थालिन् । मैले आफ्ना बताउन मिल्ने जति सबै कुरा बताएँ ।

लामो समयदेखि स्वास्थ्य पत्रकारीता गर्दै आएको कुरा छुटाउने कुरै भएन । यती भनिरहँदा उनी एक्कासी केही भावुक देखिइन् ।के भयो’ मैले सोधे, उनी बोलीनन् । म पनि केही समय चुप लागेरै बसें ।

विस्तारै उनले भोगेको कुरा सुनाउन थालिन् । मैले तपाईलाई छिमेकी दाई मात्र भनेर होइन एउटा स्वास्थ्य पत्रकारको नाताले मेरो जीवनमा घटेको एउटा घटना सुनाउँदै छु । मेरो मनमा खुल्दुली जाग्न थाल्यो के घटना होला भन्ने लाग्यो । केही सहयोग गर्न सक्छु की मैले सोधें ।

हैन हैन मेरो समस्याको समाधान भइसक्यो तपाईलाई सुनाउन मात्र लागेको उनले घटनालाई अलि सरलीकृत गरिन् । घाँसदाउरा गर्नु प्राय नेपालीको नियमित कर्म नै हो । उनको पनि यस्तै घाँस दाउरासँग स’म्बन्धित घटना रैछ । आठ कक्षामा पढ्दै गर्दा एकदिन दाउरा काट्न जङल जाँदा उनको यो नीमा दाउराले कोतरेर घाउनै भएछ ।

यो कुरा दाउरा काट्न जाने तीनजना साथीलाई बाहेक परिवारलाई समेत भनिनन् उनले । त्यसपछि उनले सुनाउँदै गइन् । म एकटकले उनको आवाजमा केन्द्रित भएँ । सामान्य औषधि पसलबाट ल्याएको औषधिले बिस्तारै घाँउ निको हुँदै थियो । तर, समस्या थपियो । चञ्चल युवावस्था । मन कहाँ शान्तसँग बस्छ र !

गर्मीको समय थियो । नजिकै रहेको तालमा पौडी खेल्न जाने निर्णय गर्यौं । तर तालमा पानी सफा भने थिएन । सायद तालको पानी सफा नभएर पनि होला त्यसपछि मेरो यौ”नीमा ससाना खटिरा आउन थाल्यो ।

खटिरा विस्तारै चिलाउन पनि सुरु भयो । यो कुरा परिवारलाई भन्न सकेको थिइँन । तर अन्तत म हिड्नै समेत नसक्ने अवस्थामा पुगें । मेरो अवस्था देखेपछि साथीहरुले घरमा भनिदिएछन् ।

आमाले पनि कोही केटासँग यसको सम्बन्ध त छैन भनेर सोध्नुभएछ । यति उनले सुनाउँदै गर्दा मैले उनको कुरो काटेर सोधिहालें ‘की फोहर पानी बहाना मात्र हो ?’ ‘कति हतार गर्नुभएको मेरो कुरा पुरा त सुन्नुस् पत्रकार न पर्नु भयो उनले रिसाउँदै भनिन्।

मैले टाउको मात्र हल्लाएर समर्थन जनाएँ । उनले थप्न थालिन्–कसैसँग पनि सम्बन्ध नभएको विश्वास दिलाएपछि आमाले उपचारका लागि बुटवल जाने भन्नुभयो । त्यसपछि म सारै डराएँ ।

‘कसैसँग पनि सम्बन्ध नभएको भए किन डराएको त, मैले फेरी प्रश्न गरें । ‘डाक्टरले देखाउन भन्यो भने के गर्ने नि, त्यसमाथि पुरुष डाक्टर भएमा ’ प्रश्नवाचक भावसहित उनले भनिन् । उनको मनमा लागेको डर पनि सायद जायज नै थियो ।

एउटा पुरुष डाक्टरलाई एउटी भर्खरकी युवतीले कसरी आफ्नो यो नाङ्ग देखाउने चुप बस्न सकिनँ र मैले अर्को प्रश्न पसारेँ ‘अनी के भयो, पुरुष डाक्टर पर्यो की महिला ? पुरुष डाक्टर नै पर्यो नी उनले अलि सर्माएको झैं उत्तर दिइन् । के भएको डाक्टरले सोधे ।

एलर्जी मेरो मुखबाट फुत्त निस्कियो । कहाँ ? डाक्टरले फेरी सोधिहाले । मेरो सातो उठ्नुको साथै लाजले भुतुक्कै भएँ । अब के भन्ने  सायद डक्टरले कुरो बुझे होलान, मलाई सुत्न लगाए पाइन्ट खोल्न लगाए ।

मेरो हासहवास नै उड्यो । ‘अनि के गर्यौ’ प्रश्न सोध्न नपाउदै उनले भनिन ‘मनमा डर, त्रासका बीच बिस्तारै तल झारें पाइन्टमात्र खोलेर भएन भित्र पेन्टी पनि थियो । उनले लजाउँदै भनिन् ‘त्यसपछि डाक्टरले पेन्टी खोल्न आग्रह गरे । म दोधारमा परें अब के गर्ने । डाक्टर सापले नै आफै तल झारिदिनु भयो ।

उनले विस्तारै मेरो पेन्टी तल सारी यो’नाङ्ग हेरीरहदा आँखा चिम्म गरेर काँपी रहेको थिएँ । डाक्टर सापले भयो मात्र के भन्नु भएको थियो पाइन्ट माथि सारेर म हत्त न पत्त बाहिर दौडीएँ । त्यसपछि आमालाई डाक्टरले के भने खै आजसम्म पनि मैले सोधेको छैन’ उनले भनिन् । अनि अहिले कस्तो छ मैले साधें ।

डाक्टरलाई हेर्ने बानी परेको हुन्छ’ उनले भनिन् ‘हामी जस्ता अविवाहितलाई अझ भन्दा भर्खर यौ वनमा प्रवेश गरिरहेकालाई त साह्रैने अप्ठारो हुँदो रहेछ । तर यसले मलाई धेरै ठूलो पाठ सिकाएको छ । मेरो सानो गल्तीले ठूलो पीडा खेप्नुपर्यो । अहिले हरेकदिन योनाङ्गको सफा गर्नुको साथै पेन्टी पनि चेन्ज गर्ने गरेको छु ।

साथीहरुलाई सुनाउनु राम्रो तर मलाई किन सुनाएको मैले प्रश्न गरें । डाक्टरहरुसँग लजाउनु भनेको यौ न तथा प्रजननसँग सम्बन्धित रोगहरु लाई बचाइराख्नु हो । त्यसैले तपाईले आफ्नो सञ्चारमाध्यमबाट जनचेतना जगाउनुस् भनेर सुनाएको हुँ’ उनले हाँस्दै भनिन् ।

डाक्टरले पनि जाँच्ने नाममा महिलाका सं’वेदनशिल अंगहरुमा च’लाउने दुव्र्यवहार गर्ने घटनाहरु सुनिनुले पनि महिलाहरु पुरुष चिकित्सकसँग सहजै प्रस्तुत नहुने समस्या अझै विद्यमान छ । यी दुवै चीज अन्त्य नुहँदासम्म थुप्रै सुनिताहरुले आफ्ना घाउहरु लुकाइ नै राख्छन् ।