लोक दोहोरी गित गाएर एका एक चर्चामा आएको नाम हो टिका सानु । उनले बिशेष गरि ईन्दे्रणीमा लाईभ दोहोरी गित गाएर धेरैको मन जितेका छन । उनले गाएका दोहोरीहरुलाई उनले भन्ने चोटीला शब्दहरुलाई दर्शकहरुले निकै मन पराएका पनि छन । हाले उनले भने नयाँ कामको थालनी गरेका छन ।
अब उनी दोहोरीसँगै सिरियलमा पनि देखिने भएकी छिन । टिका सानुले सामाजिक सञ्जालको भित्तामा लेखेका छन: शुभ बिहानी सम्पुर्ण मा ! मैले हिजो भोगेको जिन्दगी आज म आफै लाई सपना जस्तै लाग्छ । अर्का को घर को बास चप्पल काटेर बालेर पढ्न बस्नु , तेल नहुदा लगातार सिष्णु खानु , भात कै तरकारी पकायर खानु ती सबै बाध्यता थिय ।
मैले परिवार मा तेति धेरै परिबर्तन ल्याउन नसके पनि आज मेरो आमा ले भन्नू हुन्छ ! यस्तो जिन्दगी बाचम्ला भनेर कहिले कल्पना सम्म गरेकी थियन । आमाले यस्तो भन्दा धेरै खुशी लाग्छ । मेरो आमा बिदेश हिन्दा महिला बिदेश जाने अहिले जस्तो तेति प्रचलन थियन 1 बर्ष बिदेश बस्दा हामी छोरीहरु को बाल्यकाल साच्चै कस्तो थियो थियो !
आज सम्झिदा नि मुटु चिसो हुन्छ आमा बिना को घर चाडपर्व सबै फिका फिका लाग्थ्यो मेरो सानै देखि को रहर थियो मैले गर्न सके भने मेरो जीवन भोगाइ लाई पर्दा मा उतार्नु । तेसैले मैले नया काम पनि सुरु गरेकी छु कति लाई था छ कति लाई छैन होला !
केही समय देखि प्रशारण गरियको टेलिसिरियल माइली अरु सङ्ग नाम जुध्न गै नाम फेरेर कथा माइली को बनायका छौ । हामी नयाँ छौ काम गर्दा धेरै कमि कम्जोरी हरु थिय ती कमिकम्जोरी हरु बिस्तारै सुधार्दै राम्रो बनाउने प्रयाश गर्दैछौ ।
यो टेलि सिरियल कथा माइलीको मा काम गरेर साथ दिनुहुने सबै कलाकार प्रती आभारी छु । आज आउदैछ बेलुका ७ :३० मा प्रतीक्षा गर्नुहोला धन्यवाद । अब हेर्नुहोस भिडियो: