झुक्याएर होटल पु्र्याई सामूहिक बला’त्कार !

सांकेतिक तस्बीर

विराटनगर : ३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पु्र्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पु्र्याई राति तीन जनाले बला’त्कार गरेको खुलेको छ।

उक्त घ’टनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्। सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।

आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घट’नाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। ‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’

अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ। उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन्। ‘रक्त’स्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै गम्भीर छ।’

डा. केसीका अनुसार पीडित महिलाको यौन’अंग क्षति’विक्षत छ। शरीरका विभिन्न भागमा पनि चोटपटक छ। ‘यौ’नअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ।’

पीडितका ४ वर्ष र १७ महिनाका दुई छोरी छन्। आफन्तका अनुसार पहाडबाट पीडित महिला परिवारसहित गत असोजमा बेलबारी बसाइँ आएकी हुन्। पीडितको आर्थिक अवस्था कमजोर छ। उनी नाबालिका छोरीलाई बहिनीको जिम्मा लगाएर काममा जान थालेकी थिइन्। बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएको छ।

‘विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पु्र्याएछन्। एकछिनमा बहिनीको घर पु्र्याइदिन्छु भन्दै केही खान दिएर राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘खानेकुरा दिएपछि महिला बेहोस भइछन्। बेहोस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो बलात्कार गरेको खुलेको छ।’ सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र मनोजले बला’त्कार गरेको प्रहरीले जनाएको छ।

डीएसपी मुकारुङका अनुसार ती महिला मध्यराति १२ बजेतिर चिच्याइछन्। ‘प्रतिकार गर्दा कुटपिटसमेत गरेको खुल्यो,’ उनले भने, ‘अर्जुनले हातै हालेर यौनांग क्षतिविक्षत बनाइदिएको खुल्यो।’

घटनाबारे आफूले शनिबार बिहान ८ बजेतिर थाहा पाएको पीडितकी बहिनीले बताइन्। ‘रातभरको पीडाले दिदी बेहोस हुनुभएछ। बिहान ८ बजेतिर ब्युँझिएपछि होटलमा राखेर मलाई बलात्कार गरे भन्दै फोन गर्नुभयो,’ उनले भनिन्, ‘घ’टना सुनेपछि म उक्त होटलमा पुगेँ। रगतको आहालमा डुबेको होटलको कोठा र ओछ्यानमा दिदीलाई अचेत अवस्थामा पाएँ।’

कोठा र ओछ्यान रक्ताम्य पाइएको उनले सुनाइन्। ‘दिदी त्यहीँ लडिरहेकी थिइन्। त्यस्तो अवस्था देखेपछि मैले केही सोच्नै सकिनँ। उपचारका लागि लैजान हारगुहार गरेँ,’ उनले भनिन्, ‘त्यसपछि होटल सञ्चालकका भाइ र होटलमा काम गर्ने युवती आएर ममाथि दुव्र्यवहार गर्न थाले। प्रहरीलाई खबर गर्छु भनेपछि गाडीमा राखेर उपचार गर्न लैजान तयार भए।’

उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको उनले बताइन्। ‘गाडीमा पनि धेरै रक्तस्राव भयो। दिदीको अवस्था झन् बिग्रँदै गयो। उहाँ बोल्नै छाड्नुभयो। वान्ता पनि गर्नुभयो,’ बेडमा राखिएकी दिदीको अवस्था देखेर उनले रुँदै भनिन्, ‘जसोतसो अस्पताल ल्याएर भर्ना गरिएको छ। उपचार सुरु भए पनि अवस्था कस्तो हुन्छ भन्ने चिन्ता थपिएको छ।’

उनका अनुसार गछियाबाट लिएर होटलसम्म लगेकै गाडीमा राखेर होटल सञ्चालकले पीडितलाई उपचार गर्न ल्याएका हुन्। ‘दुई जना नानी मलाई छाडेर काममा जानुभएकी दिदी रातभर नफर्किएपछि खोजी गर्यौ। फोन गर्दा लाग्दैन थियो,’ उनले भनिन्, ‘मोबाइल नियन्त्रणमा लिएर नलाग्ने बनाइदिएछन्।’

उनले बलात्कारमा संलग्नले घटना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको गुनासो पोखिन्। उनका अनुसार घटनास्थलमा पुगेपछि होटल सञ्चालकले कामदारलाई रक्ताम्य भएको होटलको कोठा सफा गर्न लगाए। ‘होटल सञ्चालकले दिदीलाई घरमा ल्याएर छाडिदिन खोजेका रहेछन्। म पुगेपछि २ हजार दिन्छु उपचारमा लैजानुस् भन्दै थिए,’ पीडितकी बहिनीले भनिन्, ‘म त्यहाँ पुगेपछि अस्पताल लैजानुपर्छ भनेँ। तर, उनीहरू मानिरहेका थिएनन्।’ Aanapurnapost