आजको यो कथा बरिस्ठ पत्रकार यबं साहित्यकार कृष्ण आचार्यले लेख्नु भएको हो। उहाँले लेखेको कथा खर्हो मिडिया च्यानलमा बाचन गरिएको थियो । लिफ्ट को लागी हात हल्लियो। यति राती मागिएको लिफ्टलाई बेवास्ता गर्नु हुदैन भन्ने लग्यो। प्राय अफिसको काम सकेर म रातको १२ बजे घर जान्थे।
नयाँ बानेस्वर बाट किर्तिपुर सम्मको यात्रा हुन्थेयो। त्यस दिन पनि म बबर महल पुगेको थिए। जहाँ कुनै युवतीको हात हल्लियो र म आफ्नो मोटर साईकल रोक्न बाध्य भए। ‘प्लिज मलाइ लिफ्ट दिनुहोस न दाई ट्याक्सीनै पाइएन’ मधुर आवाजमा उसले भनि र उसको दाई शब्दले मलाई कता कता नरमाईलो लाग्यो। एक पटक उ तिर कर्के नजर लगाए।
साच्चै आ त्तिएकी जस्ती देखिन्थि उ। मैले उसको उमेर पनि अनुमान लगाए। सायद २० बर्षकी हुँदी हो। ‘म भन्दा ३(४ बर्ष सानी रहिछे त’ मनमनै सोचे अनि फेरी उसको ‘दाई’ शब्द कानमा गुञ्जियो। कहाँ सम्म जाने हो रु मैले प्रश्न तेर्साईहाले। फाइल तस्बिर
‘बल्खु’ उसले तत्काल उत्तर फर्काई। बाईकमा बस्न आग्रह गरे मैले उसले कत्ति ढिला गरिन। उ को हो , के गर्छे येति राती किन हिडिरहेकी होली भन्ने प्रस्न ले मनमा काउकुती लागी रहयो। सामान्य गेट अप, एउटा साईड ब्यागमा सजिएकी उ बारे अनुमान लगाउन गार्हो भयो।
कतै लु टेरा पो हो कि बाटोमा ग्या ङ्ग पो छकी भन्ने प्रस्न मनमा खेल्न छाडेन। लजालु स्वभावको म केटीहरु संग कम नै बोल्ने गर्थे तसैले होला न उसंग बोल्ने आत्नै आयो मेरो। फेरी त्रिपुरेश्वर पुगे पछि उसले नै सोधी ‘ यति राती हजुर कता बाट आउनुभएको नि रु’
मेरो लागी रात उसको लागी दिन कता बाट आउदै हुनु हुन्छ भने भै हाल्यो नि। मनमा फेरी कुरा खेल्न थाल्यो। ‘म अफिसबाट आउदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काए। यति राती सम्म अफिस के काम गर्नु हुन्छ नि रु नपत्याए जसरी उसले सोधी।
डान्स बारको बाउन्सर या आफ्नै डान्सबार छ भन्न मन लागेको थियो तर भनिन आफ्नो पेसा लुकाउनु त्यसलाई अ पमान गरे सरह हुने ठहर गरे मैले र भने पत्रकार हुँ। ‘ओ ई सी’ उसले रियाक्सन देखाई। मलाइ त्यस प्रति कुनै चासो भएन यदि उसलाई पत्रकारिता प्रति कुनै जानकारी छ भने ति राती सम्म बस्नु पर्छ र भन्ने प्रस्न गर्दिन लाथ्यो र गरिन पनि।
हामी कालिमाटी पुगिसकेका थियौं। उसले मलाई दुई ओटा प्रस्न गर्दा मैले पनि केहि सोध्नु पर्छ जस्तो लाग्यो। तिमि चाँही कहाँ बाट आउदै छौनीरु धेरै नसोची सोधी हाले। म बार डान्सर हुँ त्यहि बाट आउदै छ, उसले पनि कुनै हिच्किचाहट बिना नै उत्तर दिई। उसको गेट अप हेर्दा उ बार डान्सर जस्ती देखिदैन थि। मेक अप भने मज्जैले गरेकी थिइ। मैले फेरी सोधे यहि ड्रेसमा डान्स गर्छ्यौ रु कहिले डान्स बार जानु भाको छैन कि क्या हो ।
घर निस्कदा चेन्ज गरेर आउछौं , उसले भनि। एक पटक साथीले जाउँ भनेको थियो तर म गईन। साच्चै भन्ने हो भने म कहिले डान्सबार गएको थिएन। केटीहरु छोटा लुगा लगाएर नाच्छन भन्ने सुनेको थिए। पत्रकार भएर होला डान्सबार कि केटि भेट्दा मलाइ खुसि लाग्यो। सुनेको थिए उनीहरु धेरै संघर्स बाट येहा सम्म आएका हुन्छन त्यसैले पनि उ मेरा लागी समाचार थिइ। यसको स्टोरी गर्न पाए कस्तो राम्रो हुन्थेयो होला भन्ने सोच्न सम्म भ्याईसकेछु। मलाई उस बारे जान्ने इच्छा जाग्यो।
बाईक को स्पिड कम गरे र उसको प्रस्न को उत्तर फर्काउदै भने ‘ गएको छैन साच्चै के हुन्छ त्यहाँ रु मेरो कुरा सुनेर जोड जोडले हास्न थालि। एक छिन मा रोकीइ र भनि ‘सरी’। डान्स बारको केटि छा डा हुन्छन भन्ने सुनेको थिए तर उ हरेक कुरामा सिरियस देखिन्थि। बोल्ने सैली पनि अनुशासित थियो।
मनमा धेरै प्रस्न हरु थिए तर बल्खु आउनै लाग्यो अब के गर्ने कुनै आईडिया नै आएन। सोच्दा सोच्दै बल्खी नि आइपुग्यो। हजुर कहाँ सम्म रु चोक निर बाईक रोक्न साथ् उसले प्रस्न गरी। ‘कृतीपुर’ मैले भने। म नि त्यतै हो अघि तपाई कहाँ सम्म भन्ने थाहा थिएन बल्खु सम्म जान पाए हिन्दै पनि जाने थिए भनेर बल्खु भनेकी’ उसले भनि। मलाई भने ठुलै राहात मिलेको जस्तो भयो।
हत्त पट्ट प्रस्न गर्न थाली हाले ‘के तिमी यो काम बाट खुसि छौ रु उनले पनि उत्तर दिई हालिन अरु काम कसले दिन्छ र हामीलाइ न धेरै पढ्न सकियो न कुनै चिनजान नै छ जे पाईन्छ त्यहि गर्ने हो। धेरै न पढे पनि इङ्ग्लिश त राम्रै बोल्दि रहेछेउत , मैले भने। कक्षा ११ सम्म त् पढेकी हु नि। पढ़ईमा राम्रै थिए पछि बुबा बि(त्नु भयो आमा अर्कै संग गईन त्यसपछि पढ्न सकिन, उसले आफ्नो व्यक्तिगत कुरा पनि खोल्न थालि। उसको कुरा ले भने मलाई कता कता छोयो।
कुनै भूमिका नाबाधि अर्को प्रश्न तेहेराइहाले – अरु काम पायौं भने गर्छौ तँ रु तिमि बोल्नमा सिपालु रहिछेउ। पाए त किन नगर्नु, उसले छोटो जवाफ फर्काई। मैले उसलाई अफिशमा खालि रहेको रिसेप्सनिस्ट पोस्टमा अफर गरे। तलब कति रु उसले प्रश्न गरि। सुरुमा १५ हजार राम्रै काम गर्दै गयौं भने बढ्छ, मैले भने।
उसको भन्दा दोब्बर, उ खुशी भई यसमै उसको हुन्छको लवज मिस्सिएको थियो। काम कहिले देखि सुरु गर्छेउ तँ रु मैले सोधे। ‘ल म येहीं निर हो रोक्नुहोस ल’ कृतीपुर प्रवेश द्वार नपुग्दै उसले भनि। मैले बाईक रोके। उ झरी र उसको नम्बर मागेर फोन गर्ने बताए। सुन्नुहोस न ,, उ केहि भन्दै थिइ तर रोकीइ। भनन , मैले भने। हजुरले यति ठुलो गुण लगाउनु भयो म संग दिने केहि छैन हजुरलाई केवल एक
रात दिन सक्छु। उसको कुरा सुनेर मा झसंग भए। म केहि बोलिन। फेरी उसले नै भन्न थालि ‘यो काठमाडौँमा शरीर ध रौटी नराखी केहि पाईदोरहेनछ मलाई त बानि परि सक्यो। धेरैले आस्वासन दिदैं मेरो भावना संग खेले तर तपाई उनीहरु भन्दा फरक लाग्यो आस्वासन पुरा गर्ने खालको तेसैले,,,उ फेरी रोकीइ। उसको कुरा सुनेर खस्ने लागेको आँशु थामे। उसले मैले अहिले सम्म नदेखेको कथ्मंदुको भित्रि चरित्र देखाई दिए। साच्ची कति नि र्दयी रहे