काठमाडौं । वैवाहिक सम्बन्धमा सानो तिनो झगडा या मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान–श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।
जब एकअर्का प्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ ।
एक अध्ययनका अनुसार १० मा ६ विवाहित जोडी आफ्नो सम्बन्ध बचाउनको लागि बिशेषज्ञको सल्लाह लिने गर्छन् । म्यारिटल डिसप्युट रिसल्विङ एजेन्सीले वैवाहिक सम्बन्धमा आउने दरारको कारण पत्ता लगाउनको लागि गरेको सर्भेमा २ सय ४३ जनाले भाग लिएका थिए ।
यो सर्भेमा २४ प्रतिशत मानिसहरुले व्यक्तिगत समस्या या बिरामी, २३ प्रतिशत दाईजो र २१ प्रतिशत एक आपसमा तालमेल नमिल्ने कारण बताएका थिए । यसको साथै क्रुरता, धोका जस्ता कारण पनि थिए ।
वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्धविच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ । एकअर्का प्रति यति धेरै नकारात्मकताले भरिएको छ कि एक अर्काको हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान–श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।
आपसमा समझदारी – श्रीमान–श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान–श्रीमतीको इच्छा हुन्छ कि श्रीमान या श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जीन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।
एकअर्काको भावनाको कदर गरौँः – धेरैजसो श्रीमान–श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ । र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।
एक्लोपनको सहयोगी बनौः एकअर्काको जीवनको हरेक खालिपन भर्नुपर्छ । तपाईको सच्चा प्रेम र साथ एक अर्काको जीवनको कमी पुरा हुन्छ । यही कुरामा जिन्दगी आनन्द बन्न थाल्छ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ ।
यस्तोमा एकअर्काको भरोसाले नै मुस्किल हालतमा हार्न दिँदैन् । एकअर्कासँग दुःख बाड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यसको कैयौं गुणा खुशी मिल्छ ।
एकअर्काबाट सिक्न सकिन्छः यदि तपाईको जीन्दगीमा एक राम्रो जीवनसाथीको रुपमा आँउछ भने तपाईको लागि धेरै फाइदाको कुरा हो । किनभने उ बाट तपाईले धेरै कुरा सिक्न सक्नुहुनेछ । एकअर्कासँग खुलेर रहँदा दुईजनाबीच राम्रो कम्युनिकेसन हुन्छ । जसले गर्दा एकअर्काबाट धेरै कुरा सिक्न सकिन्छ र बुझन सकिन्छ ।