एजेन्सी । कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ ।
चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ मेक्ट्रोनिक टेक्नोलोजीले यस आविष्कारको पेटेन्ट हासिल गरेको हो । यसले लामो दूरीको सम्बन्धमा रहेका जोडीहरूलाई शारीरिक सामीप्यको अनुभव दिलाउँछ । यस डिभाइसमा प्रेसर सेन्सर र एक्युटरहरू जडान गरिएको छ । यसले ओठहरूको दबाब, गति र तापक्रमलाई पूर्ण रूपमा अनुकरण गर्न सक्ने बताइन्छ ।
ओठहरूको गतिका साथै यसले टाढा बसेका प्रयोगकर्ताको जस्तै आवाज पनि निकाल्न सक्छ । तर यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ । यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ । यो डिभाइस ४१ डलरमा उपलब्ध छ ।
यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ । कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् । एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ ।
Remote kissing device for long-distance lovers, invented and patented by Chinese university student in Changzhou City.
The mouth-shaped module, served as an inducing area for lovers to make the kiss and then it can transfer kiss gesture to the "mouth" on the other side. pic.twitter.com/5i2ogMiUXe— China in Pictures (@tongbingxue) February 22, 2023