उदयपुर कि २३ बर्षकी हिरोईन जस्तै राम्री सरिता के सी अहिले काठमाडौँ मा चिया बेचि आफ्नो जिबन चलाएकी छिन्। उनि बिगत १ बर्ष देखि चिया बेच्दै आएकी छिन्। चिया बेचेरै उनले आफ्नो भाई लाई समेत पढाई रहेकी छिन्। सरिता भन्छिन मैले बनाएकी चियाको धेरै नै तारिफ हुन्छ मैले साथीभाई हरुमा पनि मैले यस्तो काम गर्दै छु भन्दा उनीहरु हास्दा मलाई केहि हुदैन।
यस्तै अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।
उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ। यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ।
तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ। उहाँले भन्नुभयो कि मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ?
लगभक एकबर्षसम्म एकदमै भाइरल नाम हो चियावालि । उनी सयौ मिडियाको हेडलाईन भईन दर्जनौ मिउजिक भिडियो गरिन यत्रतत्र सर्वत्र नै उनको चर्चा परिचर्चा भयो । तर उनको उचाई एक समय मात्रै भयो भाइरल हुन्जेल सबैले प्रयोग गरेर छोडिदिने नजिर त पहिले पनि निकै नै देखिदै आएकै हो सृष्टि पनि यशैको सिकार भईन ।