चर्चित पत्रकार ऋषि धमलाले पाए पटमूर्ख उपाधि


चर्चित पत्रकार ऋषि धमलाले पाए उपाधि, चर्चित सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो ।

आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । रोतोपाटीबाट

उनलाई पुर्व सञ्चारकर्मी रवि लामिछानेले बाह्र भाई पत्रकार भनेपछि आम नेपालीहरुले चर्को बिरोध गरेका थिए ।