कोठा सेयर गरी बस्ने इमान्दार केटाको खोजीमा


पछिल्ला दिनहरुमा जीवनभर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मान्छेहरु यति व्यस्त भए कि बच्चालाई होस्टल, बाआमालाई बृद्धाश्रम राखेर आफु काममा व्यस्त भइरहेका छन् । उनीहरुले सन्तानलाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ । त्यसैले अहिले विवाहका लागि केटाकेटी खोज्ने कामपनि अरुले नै गर्न थालेका छन् ।

सामान्य भाषामा लमी भनिएका उनीहरुले विवाहलाई एक खालको डिलजस्तो गराएका छन् ।यसरी केटा खोज्नेमा धेरै विदशे गएका युवा युवतीहरु र काठमाडौं उपत्यकामा बस्दै आएका युवा युवतीहरु रहेका छन् । यस्तै हरेक दिन कान्तिपुर पत्रिकामा यस्तो विज्ञापन देख्न पाइन्छ । यसका लागि सामाजिक सञ्जालको पनि भरपुर प्रयोग भइरहेको छ ।

यस्तै आजको विज्ञापनमा नेपाली मुलकी २४ वर्षीय अमेरिकी युवतीलाई केटा चाहियो भन्ने विज्ञापन आएको छ । यसका लागि तपाईले ९८८६३२४१५८ मा सम्पर्क गर्नुपर्छ । यस्तै अर्को विज्ञापन काठमाडौं निवासी एक ३२ ‘वर्षीय युवतीलाई केटा चाहिएको छ । पेशाले जागिरे यी युवतीलाई सम्पर्क गर्नका लागि ९८६९४२१९९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

अमेरिका बस्ने केटीलाई खान्दानी’ केटा चाहिएको छ भनिएको छ तर काठमाडौं बस्नेलाई चाही असल भए हुन्छ भनिएको छ । दुई जना युवतीलाई केटा आवश्यक परेको विज्ञापन पछि अब केटालाई केटी चाहिएको कुरा पनि हेर्नुहोस् ।