विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो। थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल १
अलि कति रिस मिस्रित भावहरूमा बधाई लेखेर छोडिदिएँ। तिम्लाई विशेष निम्तो छ,आउनुपर्छ हैु ऊ मेरो आलो घाउमा नुनचुक छर्किन चाहन्थी। म भने म्यासेज सिन गरेर चुपचाप बसेको थिएँ। सायद रिसलाई काबूमा राख्दै आफूलाई सान्त्वना दिइरहेको थिएँ भनौं। एक मनले त बिहेमा जाऊँ जस्तो लाग्यो अर्को मनले भने कहाँ पूर्व प्रेमिकाको बिहेमा गएर मनलाई फेरि चिरा चिरा पार्नु सोचें।
तर फेरि एकचोटि उनलाई धित मरुन्जेल हेर्ने रहर जागेर आयो। कहाँबाट यो रहर जाग्यो म भन्न सक्दिनँ। सायद प्रेमको ज्वारहरू यति चिरस्थायी हुँदा रहेछन् कि क्या हो १ वा मेडिकल भाषामा भन्दा लभको साइड इफेक्टु भनौं। मलाई त्यही लहरो समाउँदै बिहेमा जाने हुटहुटीले सतायो। अघिल्लो रात निदाउँन सकिनँ।
के लगाएर जाऊँरु उनलाई मन पर्ने ढाका टोपी र सुट लगाउँ कि त्यतिकै टिसर्ट पेन्टमा आवारा भएर जाऊँ। आफैंमा एकैछिनमा उत्तेजना र एकैछिनमा चिच्याहट लाग्दो अवस्था पाएँ। आफूलाई नै देखेर दया लाग्यो। मंसिर १६ गते। बिहानको खाना खाइसकेपछि बसुन्धारामा रहेको पार्टी प्यालेसमा म लतारिँदै लतारिँदै पुगें।
म आफैंलाई कत्ति होस थिएन। कुन लतको मोहनीमा पुगें र बिहेमा सरिक भएँ। म आफैं सोच्दा पनि दिग्भ्रमित हुन्छु। सायद सिकारु प्रेमीहरू पहिलो प्रेममा धोका पाए पछि यस्तै हुने गर्छन्। पहिला पहिला श्रृङ्गार भने पछि नाक खुम्च्याउने उनलाई त्यो दिन तलदेखि माथिसम्म बेहुलीको भेषमा सिंगारिएको देख्दा मलाई भन्न मन लाग्योु तिमी त कति धेरै स्वाङ पार्ने रहिछौ,पहिला चाहिँ पहिरनले नारीको सुन्दरता झल्किँदैन नि।
भित्रैदेखि तेजवान हुनु पर्छ भन्थ्यौ तर अहिले आफैंले आफ्नै वाणीहरूलाई व्यंग्य गर्यौु। तर भनिनँ। बस एउटा कुनामा ब्ल्याक कफी पिउँदै कालो आफ्नो मनको ऐना सफा गर्दै बसेँ। कोही आउँला र तपाई को पर्नु भोरुु भनेर सोध्ला र आपत पार्ला भनेर कम्ता चिन्ता लागेको थिएन। म आफूलाई के भनेर चिनाऊँरु दुलहीको पूर्वप्रेमीुरु।सुन्दा पनि कति नमीठो थियो यो स म्बन्ध।
उसले धेरै अघि मलाई सोधेकी थिई के मेरो अर्कैसँग बिहे भयो भने तिमी मेरो बिहेमा मलाई बधाई दिन आउँछौ । म आउदिनँ बरु त्यही दिन आर्यघाट पुगेर मुस्लो धुवाँहरू हेरी बस्नेछु। खुबै प्रगतिशील जवाफ दिएको थिएँ मैले। तर फेरि एकचोटि म आफैं गलत सावित भएँ। कुनाको कुर्चीबाट उनलाई नजर लगाउन सकिनँ। जहाँबाट स्पष्ट देखिन्थ्यो त्यही आएर बसेँ। अनि धितमरुन्जेल हेरें।
सौन्दर्यको उस्तै चमकहरूमा लहरहरूमा बनोटहरूमा दृष्यमान बसेकी थिई मण्डपमा। भावुकताको मीठो आनन्द लिन म पनि सँगै दुलाहा भएर मण्डपमा रहेको कल्पना गरेँ। तर वेटरले त्यो कल्पना धेरैबेर टिक्न दिएनन्। सर १ के लिनुहुन्छ रु भन्दै ट्रेमा मासुका परिकारूरु पस्किए। पेटमा भोक थियो तर मन पीरको आँसुले अघाइसकेको थियो। नखाने मुडमा मुन्टो हल्लाएर वेटरलाई बिदा दिएँ।
त्यसपछिको केही क्षण एउटा मुश्किल प्रश्नले म आफैं विथोलिएँ आखिर म उनको किन हुन सकिनँ चार वर्ष अघि हाम्रो भेट बत्तीसपुतलीको नाटकघरमा भएको थियो। बाथ टबु नाटक हेर्न टिकट काटेर म चिया पसलमा बसिबियाँलो गरिरहेको थिएँ। मेरो आडैको खाली सिटमा आएर उनले क्यान आई सिटरुु भनेर प्रश्न गरिन्। म उत्तर दिन छोडेर उनको मुहार हेरेँ। अकमक्क परेँ।
उनी उत्तरको बेवास्ता गर्दै सिटमा बसिन् र प्रतिप्रश्न गरिन् तपाईं पनि नाटक हेर्न आउनुभएको हो मैले हो बाहेक केही जवाफ दिन सकिनँ। केही चिनजान र आपसी कुरापश्चात नाटक हेर्न हामी भित्र छिर्यौं। निस्किएर छुट्टिने बेलामा उनले र मैले आ९आफ्नो फेसबुकको नाम सेयर गर्यौं। घर पुग्न साथ हतार हतार उनलाई फेसबुकमा खोजेँ।
मार्दी हिमाललाई पृष्ठभूमिमा राखेर खिचेको उनको सुन्दर प्रोफाइल फोटोमा मेरो आँखा गएर अडियो। अनि रिक्वेष्ट पठाएँ। केही दिन लगाएर उनले एसेप्ट गरिन्। कानुनको विद्यार्थी उनी र चिकित्साको विद्यार्थी म। जरुर केही सामञजस्य राख्दथ्यो। केही घनिभूत कुराकानीहरू हुन्थे। कुन प्रवाहमा बगेर हामी प्रेममा फस्यौं न उनले थाहा पाइन् न मैले।