कठै! सातदिनबाट भोकभोकै ८० बर्षिय बृद्ध आमा, डाको छोडेर धुरुधुरु रोइन्,यस्तो छ नाजुक अवस्था (हेर्नुस् भिडियो)


एकै परिवारको आठ-आठजना सातदिन यता देखि भोकभोकै सामान्य झुपडी भित्र थुनिएर बस्नु परेको छ ।बुढि बृद्ध आमाले निल्न गाह्राे मानिमानि रोटि र पानी खादै गर्दा हाम्रो टिम उक्त ठाउमा पुग्यौ ।जवान छोराहरु आमाको दायाँ र बायाँ बसिरहदा लाग्न सक्छ कि यी छोराहरुले के हेरि रहेका छन् ।तर कुरा एकदमै गम्भीर छ दुबै दाजुभाई अपांग छन् र विलचियरको सहायतामा मात्रै हिडडुल गर्छन् ।

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरु लाई एक दमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहि लाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

उता भोकले मात्रै पिरोलेको छैन यश परिवारलाई भोकसगै ८० बर्षिय बृद्ध आमालाइ दम र मुटुको पनि समस्या छ ।पेटमा अन्न छैन शरिरले झन उपचार पाउने कुरो त झन सपना मात्रै न हो ।दुई छोराहरु बरु भोकै बस्न तयार छन् तर आमालाई दबाइ जुटाइदिन सबै माझ अपिल गर्छन् ।हेर्नुस पूरा भिडियो सामग्री :-